नासाले सच्यायो सगरमाथाको तस्वीर !!

Admin | 08:01 |

मंसिर २९ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले स्वीकार गरेको छ कि उसले गल्तीले भारतको एक पहाडलाई नेपालको ‘सगरमाथा’ भनेर आफ्नो वेबसाइटमा तस्वीर जारी गरेको थियो । अन्तरिक्षबाट लिइएको उक्त तस्वीरलाई पहिले नासाले रुसी अन्तरिक्ष यात्री युरी मलेनचेन्कोले लिएको विश्वकै उच्च स्थानको तस्वीर भनी प्रचार गरेको थियो । नासाले अन्तरिक्षबाट लिइएको सगरमाथाको तस्वीर भनेपछि त्यसले नेपाली र यहाँको मिडिया समेतको ध्यान खिच्यो । कयौं मिडियाले यसलाई साँच्चिकै नेपालको सगरमाथा भनेर समेत प्रचार गर्न भ्याएको बीबीसीले जनाएको छ । तर, केही नेपाली विज्ञहरुले उक्त ‘पहाड’ सगरमाथा नभएको भन्दै नासाको गल्ती औंल्याएपछि नासाले आफ्नो वेबसाईटबाट उक्त तस्वीर हटाएको जनाइएको छ । नासाले त्यसरी राखेको तस्वीर भने ‘सासेर मुजताग’को भएको नासाका प्रवक्ताको स्रोत उद्दृतगर्दै बीबीसीले उल्लेख गरेको छ । उक्त पहाड भारतस्थित काश्मिरमा पर्ने पनि जनाइएको छ । उक्त तस्वीर अन्तरिक्षयात्री मलेनचेन्कोले डिसेम्बर महिनाको सुरुमा अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट लिएका थिए । नासाले उक्त तस्वीर सगरमाथा भन्दै आफ्नो वेबसाईटमा राखेपछि नेपालीहरुबाट भने त्यसको ब्यापक आलोचना भएको समेत समाचारमा भनिएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!