विश्व प्रख्यात गायक जस्टिनको हत्या गर्ने प्रयास

Admin | 13:55 |


मंसिर २९ – विश्वप्रसिद्ध अमेरिकी गायक जस्टिन बिबरको हत्या प्रयास असफल भएको प्रहरीले बताएको छ ।

अमेरिकाको एक समूहले बिबरको अपहरण गरेर उनलाई अंगभंग बनाउँने योजना असफल भएको प्रहरीले बताएको हो । प्रहरीका अनुसार डाना मार्टिन नामक हत्याराले बिबरको अण्डकोष काट्नेलाई २५ सय डलर दिने बताउँदै उनको हत्या प्रयास गरिएको बताएको थियो ।
उक्त प्रयासलाई असफल पार्न सफल भएको प्रहरीले बताएको छ । बिबरको अण्डकोष काट्नका लागि एक समूह नै लागि परेको प्रहरी बताएको छ । प्रहरीले अदालतमा प्रस्तुत गरेको कागजमा भएको विवरणका आधारमा बिबरको हत्या प्रयासमा संलग्नलाई पक्राउ गरेको हो ।
बिभरलाई नोभेम्बर २८ र २९ तारिखमा न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा भएको कन्सर्टका क्रममा आक्रमण गरी अपहरण गर्न बनाएको योजना असफल पारेको प्रहरीले सार्वजनिक गरेको हो । षड्यन्त्रकारी मध्ये एकले जेल वार्डेनलाई सम्पूर्ण विवरण बताएपछि जस्टिन हत्या प्रयासबाट जोगिएका हुन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!