पूर्व सहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर (एकवर्ष कैद)
काठमाडौं,मंसिर १२ । विशेष अदालतले पूर्व सहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ । पुरानो फैसला उल्टाउँदै विशेष अदालतले राजभण्डारीले पदमा रहँदा अकुत सम्पत्ति कमाएको ठहर गर्दै १ बर्ष कैद तथा २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैँया ५९ पैसा बराबर जरिवाना र २ करोड ८६ लाख ४१ हजार ७ सय ४० रुपैँया ४२ पैसा बराबरको सम्पत्ति जपथ गर्ने फैसला गरेको हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले राजभण्डारीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको हो । नेपालको इतिहासमा महिला अधिकारी भ्रष्टाचारी ठहरिएको सम्भवतः यो पहिलो घटना हो । भौतिक योजना तथा निर्माण मन्त्रालयको सहसचिवबाट अवकास पाएकी पूर्व सहसचिव राजण्डारीले २ करोड ९० लनख ८१ हजार ८ सय २१ रुपैँया ४० भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले २०६२ साल वैशाख १६ गते विशेषमा मुद्दा दायर गरेको थियो । मुद्दा २०६४ मंसिर २३ गते तत्कालिन विशेष अदालतले हदम्यादको कारण देखाउदै खारेज गरेको थियो ।
Category: News