पूर्व मिस नेपाल सुगारिका केसी विवाहबन्धनमा बाधिदै

Admin | 15:49 |

पूर्व मिस नेपाल सुगारिका केसी विवाहबन्धनमा बाँधिने भएकी छन् । आगामी १५ गते सनत न्यौपानेसँग नख्खुको युनिभर्सल क्याफेमा परम्परागत शैलीमा बिहे गर्ने सुगरिकाले बताइन् । ‘उहाँ बतास अर्गनाइजेसनमा कार्यरत हुनुहुन्छ,’ उनले आफ्ना हुनेवाला दुलहाबारे जानकारी दिइन्, ‘उहाँको खास ठेगानाचाहिँ अहिले बिर्सिएछु ।’ सनतसँग उनको मागीविवाह हुन लागेको हो । सुगरिकाका अनुसार सनत र उनको भेट पहिलोचोटि चार वर्षअघि एउटा कार्यक्रमको सिलसिलामा भएको थियो । त्यसपछि पनि कामका सिलसिलामा भेट्न थालेका उनीहरूबीच साथीको सम्बन्ध कायम हुँदै आएको थियो । दुवैले मन पराएपछि परिवारका तर्फबाट कुरो चलाइएको हो । विवाहकै तयारीमा व्यस्त हुनुपरेपछि सुगरिकाले हिजोआज कुनै पन सार्वजनिक कार्यक्रममा सहभागिता जनाएकी छैनन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!