भाग खोस्ने ब्वाँसोलाई चिलको झापड (फोटोफिचर सहित)

Admin | 11:00 |


आफ्नो भाग खोस्न आउने सत्रुमाथि कसलाई रिस उठ्दैन र ? आफुले मेहेनत नगर्ने तर अर्काको आहारा खोसेर जिउ पाल्ने परजिवी पात्रहरु मानव समाजमा पनि बग्रेल्ती पाइन्छन् भने जनावरहरुमा नपाइने कुरै भएन । भाग खोस्न आउने माथि केवल मान्छे मात्र जाइ लाग्दैन चिल पनि जाइ लाग्दो रहेछ, त्यो पनि आफुभन्दा शक्तिशाली ब्वाँसोमाथि ।



यस्तै भएको छ बुल्गेरियामा । बुल्गेरियामा एक जना फोटोग्राफरले निकै रोचक दृश्य आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् । इभ्स एडम्स नामका फोटोग्राफरले कैद गरेको दृश्यमा एउटा चिलले ब्वाँसोलाई आफ्ना नंग्राले झापट हानेर पराजित गर्दै भगाएको देखिन्छ ।
उनका अनुसार चिलले सिकार पक्रेर खान लागिरहेको बेलामा एक्कासी ब्वाँसो आएर त्यो सिकार खोस्न खोज्यो । त्यो पापी ब्वाँसोप्रति चिल आगो भयो, उसले आफ्ना नंग्रा ब्वाँसोको जिउमा गाड्दै युद्धमा उत्रियो । ब्वाँसाले प्रतिरोधको दुस्साहस त गर्यो तर उसको जोर चलेन र अन्त्यमा भाग्न विवस भयो । चारखुट्टेमाथि दुइखुट्टको यो विजय वास्तवमै नाटकिय थियो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!