जलजला आउने भएपछि पदमिनीको रिलिज संकटमा

Admin | 10:51 |


परिर्वतन र क्रान्तिको सन्देश बोकेको फिल्म 'जलजला' को गुपचुप रूपमा पौष २७ गतेका लागि रिलिज डेट तय गरिएको छ । चलचित्र विकास बोर्डबाट बिशेष फिल्मको मान्यता प्राप्त यो फिल्मलाई डिसिएनले देशभर एकसाथ रिलिज गर्ने भएको छ ।

बुधबार फिल्मीखबरसँगको जम्का भेटमा फिल्मका निर्देशक शिबजी लामिछानेले पौष २७ मा आफ्नो फिल्म लाग्ने बताए । उक्त मितीमा जलजला आउने भएपछि केहि महिना अगाडी रिलिज मिती तय गरिएको फिल्म 'पदमिनी' भने संकटमा परेको छ । फिल्मका निर्माता छिरिङ दोर्जे लामाले अचानक जलजला आउन लाग्दा आफू अचम्ममा परेको भन्दै आफ्नो फिल्मको रिलिज अन्यौलमा परेको बताए । पदमिनी फिल्मलाई पनि डिसिएनले नै रिलिज गर्ने बताईएको थियो ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा जलजलाका निर्माता समेत रहेका गणेश भण्डारीले अब केहि दिनमा नै फिल्मको पब्लिसिटी शुरू गर्ने बताए । एडल्ट (वयस्क) सर्टिफिकेट पाएको 'जलजला' मा आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, स्वर्गिय गोपाल भुटानी लगायतको अभिनय रहेको छ  । काशिराम भुसाल निर्माताको रूपमा रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत सुन्न सकिनेछ ।

यस्तै पौष २७ मा नै अर्को फिल्म अध्याय रिलिज हुने बताईएको छ । प्रवीण स्याङ्बोले निर्देशन गरेको यो फिल्मको पनि पब्लिसिटी शुरू भईसकेको छैन । अहिलेका युवाहरूको प्रेम गर्ने शैलीलाई चित्रण गरि निर्माण गरिएको यो फिल्ममा कर्मा, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, शान्ति गिरी, स्वस्तिका राजभण्डारी, अंकिता बुढाथोकीको मुख्य अभिनय रहेको छ ।

आफ्नो फिल्मको रिलिज मिती अन्यौलमा परेपछि निर्माता लामाले पनि पब्लिसिटीलाई अगाडी बढाउन सकेका छैनन् । राम प्यासीले निर्देशन गरेको यो फिल्ममा निशा अधिकारी, अनिल थापा, सरिता गिरी, सुनिल दत्त पाण्डे लगायतले अभिनय गरेका छन् । फिल्मका अर्का निर्माता बसन्त कुमार श्रेष्ठ पनि हुन् जो अहिले अष्ट्रेलिया भ्रमणमा छन् र फिल्मको रिलिजको चाँजोपाँजो मिलाउनमा व्यस्त छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!