दिनमा दुइ लिटर रक्सी पिउँछिन् लिंडसे

Admin | 11:01 |

हलिउड अभिनेत्री लिंडसे लोहान पियक्कड आइमाइ हुन् । उनले दिनमा दुइ लिटर सम्म रक्सी पिउँछिन् । उनको यस्तो जँड्याहा बानीबाट उनका साथीहरु आजित छन् नै फ्यानहरु पनि दुखी छन् ।

रक्सीबाट छुटकारा पाउनका लागि उनलाई सुधार गृहमा जान मित्रहरुले सल्लाह तथा दबाब दिन थालेका छन् । तर लोहान भने साथीहरुको यस्तो सल्लाह लत्याइरहेकी छिन् र आफुलाई सुधार गृहको आवश्यकता नरहेको बताउँछिन् ।
लोहानमाथि अघिल्लो महिना न्युयोर्कको एक नाइट क्लबमा ज्योतिषी टिफनी मिशेलमाथि हमला गरेको तथा जून महिनामा एक कार दुर्घटनाका विषयमा पुलिससँग झुटो बोलेको आरोप लागेको थियो ।
समाचार अनुसार लोहान रक्सी लतमा पूरै फसिसकेकी भएपनि उनी आफैलाई चाहीँ आफु कुलतमा फसेको जस्तो लाग्दो रहेनछ । आफुले हालै तिनवटा फिल्मको शुटिङ पूरा गरेको भन्दै उनले ‘रक्सीको लत भएको भए कसरी यत्रो काम गर्न सक्थेँ ?’ भन्ने प्रश्न गर्ने गर्छिन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!