१४ बर्ष पछि सरोज खनालको पुनरागमन

Admin | 08:39 |


‘मैले गीत छोडी आए फुलको तरेलीमा’…….चलचित्र ‘सारङ्िग’मा नायक सरोज खनालले यो गीतमा अभिनय गर्दा धेरैको मन छोएको थियो । नेपाली सिनेमा क्षेत्रमा कुनै बेला सरोज खनालको क्रेज अत्याधिक थियो । सरोज खनालका नाममा हलमा दर्शकहरु ओइरिन्थे ।तर एकाएक करिअरको उचाईमा रहेको समयमा खनाल अमेरिका पलायन भए । उनी अमेरिका पुगेपछि दर्शकले पनि बिस्तारै उनको नाम बिर्सदै गएका छन् । तर सरोजले गरेको अभिनयको नशाले दर्शकलाई अझै पनि छोडेको छैन ।

१४ बर्षपछि नायक खनाल पुनः एकपटक पर्दामा र्फकदै छन् । चलचित्र ‘मानव’ बाट उनले नेपाली चलचित्रको रंगिन पर्दामा पुनः आगमन गर्न लागेका हुन् । कुमार आचार्यको निर्माणमा तयार भएको यो चलचित्रमा अभिनय गरेर सरोज अमेरिका फर्केको पनि लामै समय भैसकेको छ । तर चलचित्रको प्रदर्शनको पालो भने भर्खर मात्र आएको छ । यो चलचित्र माघ महिनामा प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ ।
यादव सिलवालको निर्देशनमा तयार भएको चलचित्रमा सरोजलाई नायिका दिपशिखा शाहीले साथ दिएकी छिन् । चलचित्रमा निश्चल श्रेष्ठको कथा तथा गीत, विकास चौधरीको संगीत छ । सरोज खनालका फ्यानहरुका लागि ‘मानव’ नौलो स्वाद हुने विश्वास निर्माणपक्षको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!