अमेरिका गएर ठूलो गल्ति गरे : सरोज खनाल

Admin | 06:58 |


नेपाली सिनेमामा एउटा उचाईमा पुगिरहेको समयमा नायक सरोज खनाल अमेरिका भासिए । गायक प्रेमराजा महत्तसँग कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका उनी यसपछि उत्तै बसे । नेपाली सिनेमालाई सरोज खनालको आवश्यकता परिरहेको समयमा अमेरिका हानिएपछि उनको आलोचना पनि धेरै भएको थियो ।हाल कामको सिलसिलामा नेपाल आएका सरोजले आफु अमेरिका जानु ठूलो भूल भएको स्विकार गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै सरोजल आफुले अमेरिकामा बसेर गल्ति गरेको स्विकार गरेका हुन् । ‘मेरो कर्ममा नै यस्तो रहेछ, तर मैले गर्न नहुने काम गरेको हुँ’ सरोजले भने ।
हाल नेपालमा रहेका सरोज नयाँ सिनेमा बनाउने तयारीमा छन् । हाल कथाको काम धमाधम भइरहेको उनको भनाई छ । डिसेम्बर २६ मा अमेरिका र्फकन लागेका सरोज ६ महिना पछि पुनः नेपाल आउनेछन् । नेपाल आएपछि सिनेमाको कामलाई अघि बढाउने उनको भनाई छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!