‘मै राम्री’ मा राजुले सेक्सलाई नजोड्ने

Admin | 06:59 |

सिनेमा क्षेत्रमा अश्लिल दृश्य र नायिका नङ्ग्याउन माहिर मानिएका निर्देशक राजु गिरी ‘रक्षा’को छायांकन समाप्तीसँगै नयाँ सिनेमाको निर्देशनमा जुट्ने भएका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘मै राम्री’ राखिएको छ ।‘मै राम्री’ मा सेक्सका दृश्य र बिषयलाई उठान नगर्ने निर्देशक गिरीले बताए । सिनेमाको छायांकन माघ २१ गतेबाट सुरु गरिनेछ । अर्जुन पोखरेलको संगीतमा चलचित्रको गीत रेकडिङ कार्य सकिएको छ । चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ । चलचित्रमा सुशान्त कार्की, अशोक फुयाँल, प्रशान्त गिरी, राजन काफ्लेको मुख्य भुमिका रहने छ । चलचित्रको शिर्ष भुमिकाका लागि भने नायिकाको खोजी भइरहेको निर्माणपक्षले जनाएको छ । २ नव नायिका र एक पुरानै नायिकालाई सिनेमामा अनुवन्धन गर्ने तयारी गरिएको निर्देशक गिरीको भनाई छ । एलिजा रिजालको प्रस्तुतीमा नानुमाया महर्जनले निर्माण गर्न लागेको ‘मै राम्री’ लभस्टोरी कथावस्तुमा निर्माण हुनेछ । राजुले यसअघि निर्देशन गरेका बिन्दास र रक्षामा नायिका सुष्मा कार्की र पुजना स्त्रिले उत्तेजक  दृश्य  दिएका थिए । यि दुबै सिनेमाको छायांकन पश्चात निर्देशक र नायिकाबिच विवाद समेत भएको थियो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!