Admin |
07:27 |
नायक भुवन केसी युवतीको कारणले बेलाबेलामा चर्चामा आइरहन्छन् । दोश्री श्रीमती सुस्मिता बम्जनसँगको सम्वन्ध बिच्छेदसँगै एक्लो भएका भुवनले अहिले एक नायिकको साथ पाएका छन् । चलचित्र एटीएमबाट चर्चामा आएकी नायिका जिया केसी र भुवनको हिमचिम निक्कै बढेको छ । भुवन र जियाको सम्वन्ध चलचित्र एटीएमको एक गीतको छायांकनदेखि बढेको हो ।अनलाइनखबरसँग कुरा गर्दै नायिका जिया केसीले भनिन्, भुवन केसीलाई म धेरै नै माया गर्छु । तर, आजसम्म उहाँलाई प्रेम प्रस्ताव भने राखेकी छैन । भुवनको घरमा जिया धेरैपटक गएकी छन् । केसीले भनिन्, म उहाँको परिवारसग निकै नजिक छु । उहाँको घरमा खाना खान धेरैपटक पुगेकी छु । केसीको एक्लो जीन्दगी देखेर आफुलाई माया लागेको उनको भनाइ छ । यति ठूलो कलाकार भएर पनि भुवनजी एक्लै हुनुहुन्छ, यसैले उहाँको मलाई धेरै माया लाग्छ । भुवन ‘प्लेब्वाई’ भएकै कारणले आफुलाई मन परेको जिया बताउँछिन् ।
तपाई भुवन केसीसँग बिहे गर्न इच्छुक हुनुहुन्छ ? भन्ने प्रश्नमा जियाले घुमाउरो पाराले भनिन्, अहिले नै योबारेमा सोचेको छैन, तर हाम्रो सम्वन्धमा जे पनि हुनसक्छ । जियाको यो कुराले भुवनसँग सकारात्मक रहेको बुझ्न सकिन्छ ।
जीया र भुवनको निकटता निक्कै बढेको र उनीहरु धेरैपटक विभिन्न क्याफेमा भेट्ने गरेको चर्चा सिनेमा बजारमा चलेको महिनौ भैसकेको छ । भुवनले जीयालाई तेश्री श्रीमतीको रुपमा भित्राए भने अनौठो नमान्दा हुन्छ ।
Category:
Gossip,
Kollywood