८४ बर्षपछि जंगलबाट सहरमा

Admin | 23:43 |


 पाँचथर ७ माघ आफ्नै नाम थाहा छैन् । पैसा चिनेको छैन । भारी बोक्न जानेको छ तर बिसाउन जानेको छैन् । स्याल, बाँदर, मयुर, बाघ र चराचुरुङीका आवाज दुरुस्तै निकाल्न आउँछ । सानोठूलो जस्तो भएपनि साइनो दुइवटा मात्रै छ महिलालाई दिदि, पुरुषलाई दाजु । फेला पार्ने त कुरै नगरौं, तपाईले यस्ता मान्छेको कल्पना पनि गर्नुभएको छैन् होला । हो, ८४ बर्षसम्म जंगल, पाटी ओडार बसेका यी व्यक्ति यस्तै छन् ।
जंगलमै जन्मेका उनी हुन लालबहादुर लामिछाने । पाँचथर सुभाङ २ एकचेपास्थित जंगलमा रहेको धर्मशाला पाटीमा जन्मेर यत्रो बर्ष विताएका लालबहादुर जीवनमै पहिलोपटक सदरमुकाम फिदिम आइपुगेका छन् । बाल्यकालमै विवाह भएर पति वियोगमा परेपछि पाटीमा बस्दै आएकी एक महिलाले जन्म दिएकी हुन् लालबहादुरलाई ।
पति वियोगपछि मानसिक सन्तुलन गुमाएकी ती महिला जंगलकै पाटीमा बस्थिन । खानेकुरा खोजमेल गरेर छोरो पाल्थिन् । सुभाङ गाविका प्राविधिक सहायक वेदप्रकाश मिश्रका अनुसार ती महिलाले जंगलमै दुई छोरी र एक छोरा जन्माइन् । तर, छोरी भने सानैमा वितेका थिए । लालबहादुर आमासँगै कहिले पाटी त कहिले बस्ती नजिकै खेतबारीमा बनाइएका कटेरामा बस्थे । २०३५ सालमा उनीहरु बस्ने कटेरामा आगलागी भएपछि लालबहादुरकी आमा पनि वितिन् । अनि एक्ला भएका उनी जंगलकै ओडारमा बस्न थाले ।
पाटीमै जन्मिहुर्केको हुनाले लालबहादुरलाई गाउँलेले पाटीकाले भनेर बोलाउने गरेको अन्नपूर्ण पोष्टमा खबर छ । सुभाङ २ काबृद्ध टंकप्रसाद मिश्रका अनुसार लालबहादुरकी आमाको गाउँलेले मिलेर काज किरिया गरिदिएपछि उनी संगत गाउँलेसँग बढेको र ओडारमा बस्ने उनी भदौ र मंसिरमा गाउँ पसेर मकै र धानलगायतका अन्न बटुलेर जीवन चलाउने गरेका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!