श्रीमती भगाउन उस्काएको आरोप मा छिमेकि को हत्या - विचार पुर्याउनु होला अब !!!!

london | 11:38 |

धादिंगका बलबहादुर तामांगले आफ्नो श्रीमती भगाउन उक्साएको आरोपमा छिमेकिको हत्या गरेका छन् | आफु बिदेशमा हुँदा श्रीमतीलाई परपुरुषसंग विहे गर्न उक्साएर घर भाडिदिएको भन्दै धादिङ दार्खाका एक युवकले छिमेकी महिलाको हत्या गरेका छन् ।दार्खा वडा नंबर ८ नागछुलुङका बलबहादुर तामाङले आफु बिदेशमा हुँदा आफ्नी श्रीमतीलाई अर्कैसंग लगाइदिएको आरोप लगाउँदै छिमेकी महिला ३४ वर्षिया कुमारी तामाङको हत्या गरेका प्रहरीले जनाएको छ । छ वर्षअघि मलेसिया गएका तामाङ घर आउदा आफ्नी श्रीमती धनकुमारीले अर्कैसंग विवाह गरेर गएपछि बलबहादुरले यसको दोष छिमेकी काशीराम तामाङलाई दिदै आएका थिए । त्यसकै रिसमा काशीरामकी पत्नी कुमारीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।विगतमा पनि पटक पटक काशिरामलाई आक्रमणको प्रयास गर्दै आइरहेका बलबहादुरले गएको जेठ ३१ गते विहान ७ बजेतिर घाँस काट्न गएको बेला कुमारीको हत्या गरेका प्रहरीको भनाई छ ।घटना बाहिर आउन नदिन तामाङ संस्कार अनुसार काजक्रिया गर्नका लागि मृतकका परिवारकालाई बलबहादुरले सघाउन थालेपछि छिमेकीहरुले कुमारीको हत्या भएको हुनसक्ने भन्दै प्रहरीलाई उजुरी गरेका थिए ।प्राप्त सूचनाको आधारमा अनुसन्धान अघि बढाउदा कुमारीको हत्या भएको पुष्टि भएपछि प्रहरीले घटना भएकै दिन बलबहादुरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या स्वीकार गरेका प्रहरी निरीक्षक रेशम पराजुलीले बताउनुभयो ।तामाङलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि आइतवार जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएपछि प्रहरीले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराएको हो ।मलेसियामा काम गरेर पठाएको दुइलाख पचास हजार रुपैयाँ नगद लिएर श्रीमती अर्कैसंग गएपछि आफू निकै विचलित हुन पुगेकाले श्रीमतीलाई अर्कोसंग विवाह गर्न सहयोग गर्नेको पनि आफ्नै जस्तो हविगत होस् भनेर श्रीमती मारिदिएको प्रहरी नियन्त्रणमा रहेका तामाङले पत्रकारहरुलाई बताए ।

Category: , , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!