मंगलग्रहमा खोल्सा रहेको हुन सक्ने संकेत: खाल्डा र पानीको अवस्था तथा जीव बाँच्न सक्ने सम्भावनाको खोजी जारी

london | 13:13 |

नासाको मार्स रोभर क्युरोसिटीले मंगलग्रहमा खोल्सा रहेको हुन सक्ने संकेत देखिएको भन्दै यसबारे अध्ययन गर्ने जनाएको छ । यसअघि क्युरोसिटीले नासालाई पहिलो पटक मंगलग्रहमा चट्टानको स्पर्श गरेको जानकारी गराएको थियो । रोभर आफ्नो स्वचालित पाखुराले सो चट्टानलाई स्पर्श गदै आफनो गन्तब्यतर्फ अघि बढिरहेको जानकारी गराएको थियो । क्युरोसिटीले विगत केही समयदेखि एउटा अनौठो पिरामिड आकारको चट्टान ज्याक म्याटिजिभिकको अनुसन्धान गरेको थियो । करिव सात फिट लामो स्वचालित पाखुराको सहगोगमा रोभरले चट्टानका केही भागहरुको अवलोकन गरेको वताइएको छ । रोभरले अल्फा पार्टिकल एक्स रे स्पेक्ट्रोमिटरको सहायताले चट्टानको तत्वको बनोटबारे अध्ययन गरेको थियो । रोभरले पठाएको तस्वीरमा रोभरका स्वचालित पाखुरा ज्याक म्याटिजिभिक तर्फ घिस्रेको देखाइएको छ । मार्स रोभरलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा पठाएका थियो । मार्स रोभर मंगल ग्रहमा कम्तीमा दुई बर्षसम्म सक्रिय रहने जनाइएको छ । दुई वर्षे अवधीमा मार्स रोभरले मंगलग्रहमा रहेका खाल्डा र पानीको अवस्था तथा जीव बाँच्न सक्ने सम्भावनाको खोजी गर्ने वताइएको छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!