दाइजो नल्याएको निहुँमा पटक पटक शारीरिक र मानसिक यातना !!!

london | 03:35 |

मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् । सप्तरी सदरमुकाम राजविराज नगरपालिका–२ निवासी प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा दाइजोका कारण पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत असार ११ गते राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाएकी छन् । सप्तरीको बरही वीरपुर गाविस निवासी सूर्यनारायण झाकी छोरी राखी र राजविराज नगरपालिका–२ चनौरा पड्रिया निवासी राधाकान्त झाका छोरा प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् । विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको र गत असार ११ गते राति गाउँकै केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप उनको छ । अभियुक्तहरुमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरुले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको उनले बताइन् । उनलाई परिवारको जिम्मा लगाएको आधा घण्टा नबित्दै हातमा खुकुरी, लाठीलगायतका हतियार लिएर आएका ५०/६० जनाको समूहले गालीगलौज गर्दै स्थानीय नागेन्द्र झा, घनश्याम झासहितका व्यक्तिमाथि आक्रमण गरी घाइते बनाएको स्थानीय निरन्जन झाले पत्रकार सम्मेलनमा बताए । सो क्रममा ती युवाको समूहले अखिलेश झाको को २ प ५२६८ र वसन्त झाको स२प ७७५४ नम्बरको मोटरसाइकलमा समेत क्षति पु¥याएको बताइएको छ । भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!