कात्र्तिक २३ । ग्वाटेमालाको प्रशान्त महासागरको तटीय क्षेत्रमा ७ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण ४८ जनाको ज्यान गएको र अन्य दर्जनौं घाईते भएको ग्वाटेमाला सरकारले जानकारी दिएको छ । ग्वाटेमाला सरकारले त्यहाका नागरीकलाई सुरक्षीत स्थानमा स्तानान्तरण गर्न पनि चेतावनी दिएको छ । भूकम्प संगै आएको पहिरोका कारण सडकहरु अवरुद्ध छन् । पहिरोमा पूरीएर अवरुद्ध रहेको सडक सुचारु हुन २४ घण्टा लाग्न सक्ने अधिकारीहरुले जानकारी दिएका छन् ।
४८ जनाको मृत्यु भएको भनिएपनि मर्नेको संख्या वढ्न सक्ने वताईएको छ । १ सय भन्दा वढी नागरीक भूकम्पमा पूरीएको हुन सक्ने अनुमान गरीएको बिबिसिले जनाएको छ । ग्वाटेमालाको स्यान मारकोस क्षेत्र भूकम्पवाट मुख्य प्रभावित क्षेत्र मानिएको छ । भूकम्पले त्यहाका विद्यालयहरुमा पनि क्षती पुर्याएपछि विद्यालयहरु पनि खुलेका छैनन् । भूकम्पवाट सामुन्द्रीक आधी पनि आउन सक्ने चेतावनी दिर्ईएको छ । ग्वाटेमालामा यसअघि पनि धेरैको हताहती हुने गरी भूकम्प गएको थियो ।
६ नोभेम्बर काठमाडौं । साउदी अरबको इराक र जोर्डनको सीमा नजिक रम्फा भन्ने ठाउँमा गोठालोका रुपमा काम गर्ने एक नेपालीले बाख्रा हराएकामा २ बर्ष जेल सजाय भोग्नु परेको छ । आरोपित जितबहादुर दमाईले ७५ हजार रियाल पनि जरिवाना तिर्नुपर्ने सजाय सुनाईएको छ ।

सयौं बाख्राका एक्ला रेखवाला दमाई दुई बर्षदेखि साउदी जेलमा छन् । ‘म बाख्रा चराईरहेको थिए । साहुले पठाएको भन्दै एउटा अरबी बाख्रा लिन आयो’ दमाईको भनाई उदृत गर्दै साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, ‘मैले साहुले केही नबताएको भन्दा पनि तिमी हाम्रो कामदार हो । बढो ठूलो बन्ने होइन भन्दै आधा बाख्रा लिएर गयो ।’ उसले जर्बजस्ती आधा बाख्रा लिएर गएपछि दमाईले तुरुन्दै साहुलाई जानकारी दिए । ‘साहु तुरुन्तै प्रहरीलाई लिएर भेडीगोठ आईपुग्यो,’ दमाईको भनाई थियो । ‘साहुले मेरो मिलेमत्तोमा बाख्रा बेचेको आरोप लगाएर प्रहरीको जिम्मा लगायो, केही समयपछि बाख्रा लाने खरबी पनि पक्राउ पर्यो ।’

चोरी मुद्दामा जेल परेका उनको जेल समय भुत्तान भएपनि अदालतले सुनाएको जरिवाना तिर्न नसक्दा उनी जेलमै रहेको छ ।

भारतको राजधानी दिल्ली स्थित मेडिकल कलेजको एक विद्यार्थीले शिक्षकसँग सेक्स गर्न नमानेपछी शिक्षकले उनलाई परिक्षामा फेल गराएका छन् । पिडित युवतीले यस विषयलाई महिला आयोगमा पुगेपछी यस घटना बाहिर आएको थियो । उनले कलेजका ती शिक्षक विरूद्ध महिला आयोगमा मुद्धा समेत दायर गरेकी छिन् ।
पिडित युवतीले दिएको जानकारी अनुसार कलेजको डायरेक्टरले दिन प्रति दिन फोन गरेर शारिरिक सम्बन्ध राख्न भनेर हैरान पारेका थिए । ती युवतीले डायरेक्टरसँग सम्बन्ध नराखेकै कारण आफूलाई परिक्षामा फेला गराईएको दावी गरेकी छिन् । हाल पिडित युवती एमबीबीएस सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् । 
यस विषयमा छानबिन गरिरहेको महिला आयोगले जनाएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र डबल क्लीक गर्नुहोस

उर्लाबारी ।
मोरङको सिजुवामा बाख्रालाई करणी गरेको अभियोगमा प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने बारा जिल्ला घर भई उर्लाबारी-बरडंगा सडक मर्मतमा काम गर्दै आएका करिब ४० बर्षीय मुना माझी रहेका छन् ।
घरदेखी करिब १ सय मिटर उत्तर परालको माचको छेउमा मृत अवस्थामा भेटिएको बाख्रासँगै मजदुर माझीको कमिज भेटिएको थियो । कमिज भेटिएपछि माझी शंकाको घेरामा परेका थिए ।
सिजुवा-५ का यादब राईको बाख्रालाई शनिबार राति माझीले करणी गरेको स्थानीयबासीको भनाई छ ।
माझी कसरी फन्दामा परे त भिडियो तल छ भिडियो हेर्न तलको बक्स भित्र डबल क्लीक गर्नुहोस
कात्तिक १४ - अफगानिस्तानमा खटिएका बेलायती सेनाको रोयल गोर्खा राइफल्समा कार्यरत दुई नेपालीको गोली हानी हत्या गरिएको छ। अफगानी प्रहरीको वर्दी लगाएका व्यक्तिले आज गोली हान्दा उनीहरुको मृत्यु भएको बेलायती सञ्चार माध्यम 'डेली मेल' ले जनाएको छ। दुवै सैनिक द रोयल गोर्खा राइफल्सको फर्स्ट बटालियनमा कार्यरत रहेको बताइएको छ। उनीहरुको नाम सार्वजनिक गरिएको छैन। तर मृतकका आफन्तलाई खबर गरिसकिएको बेलायती सेनाले जनाएको छ। अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए- सराज जिल्लामा यो घटना भएको हो। यसअघि यो वर्षमात्रै अफगानिस्तानमा ५६ विदेशी सैनिकको मृत्यु भइसकेको छ।

भद्रपुर ।
मधेशी जनाधिकार फोरम मधेशका भातृ सगठनका रुपमा रहेका मधेशी युवा फोरम, मधेशका केन्द्रिय अध्यक्ष कैलाश चौधरीले आत्महत्या गरेका छन् ।
भद्रपुर-८ निवासी ३८ बर्षिय चौधरीले भानुनगरस्थित आफ्नै साइकल पसलमा शनिवार बेलुकी झुण्डिएर आत्महत्या गरेका हुन् । शनिवार दिनभर पसल बन्द रहेपनि बेलुकी साढे ४ बजे पसलको एउटा ढोका खुलेर कोही नभएको मौका छोपी उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्लाष्टिकको डोरिमा झुण्डिएको अवस्थामा जिउँदै फेला पारिएका चौधरीलाई उपचारका लागि स्थानीय ओम साइ अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ९ बजेतिर उनको मृत्यु भएको थियो ।
केही दिनदेखि पार्टीको राजनैतिक दवावका परेर मानसिक तनावमा रहेका चौधरीले आफ्नो इमान्दारिता बचाउनलाई आत्महत्या गरेको आफुले लेखेर छाडेर गएको सुसाइड पत्रमा उल्लेख गरिएको पाइएको छ ।
दोस्रो जनआन्दोलनपछि मधेशी पार्टीका क्रियाशील कार्यकर्ताको रुपमा चिनीएका चौधरी पछिल्लो समयमा मधेशी जनाधिकार फोरम मधेशका भाग्यनाथ गुप्ता समूहमा रहेका थिए ।

एजेन्सी, कार्तिक १३ । हरकोही मानिस कफीको सौखिन हुन सक्छन् तर यो कफी भने धेरै थोरैलाई मात्रै रुचीपूर्ण होला ! विभिन्न नाम र बास्नादार कफी त हामी सबैले देखेकै हो तर यो कफी भने निकै फरक छ । यो कफीलाई हात्तीको गोबरबाट बनाइन्छ । यो सत्य हो । थाईल्याण्डको एक हात्ती पाल्ने पार्कमा कफीको साथमा यो प्रयोग गरिदै आएको छ । पार्कमा हात्तीलाई पहिला कफीको बीज खुवाईन्छ, जब हात्तीले गोबर निकाल्छ तब गोबरबाट कफीको बीज निकालिन्छ । त्यसपछि त्यसलाई सफा गरेर कफीलाई अन्तिम रुप दिइन्छ । उक्त फार्ममा यस्तो विचित्र किसिमको कफी भने थोरै मात्रामा मात्रै बनाईंदै आएको जनाइएको छ । त्यस्तो कफी जहीँ–तहीँ पाईंदैन भने उक्त किसिमको कफीको मूल्य प्रतिकेजी लगभग ९६ हजार रुपैयाँ भएको पनि बताइएको छ ।