भदौ २९ - बेलायती राज परिवारका सदस्यको नांगा तस्बिर सार्वजनिक हुने क्रमले निरन्तरता पाएको छ । गत शुक्रबार बेलायती युवराज्ञी केट मिडटनको टपलेस तस्बिर सार्वजनिक भएपछि बेलायतमा तहल्का मच्चिएको छ ।
केही समय अघि मात्र बेलायती युवराज ह्यारीको नांगो तस्बिर सार्वजनिक भएको थियो । युवराज्ञीको तस्बिर ‘टपलेस’ सार्वजनिक भएको हो । युवराज्ञी मिडलटनको ‘टपलेस’ तस्बिर फ्रेन्च म्यागेजिन ‘क्लोजर’ ले सार्वजनिक गरेको हो । शुक्रबार युवराज्ञी केटको टपलेस तस्बिर छापिएलगत्तै बेलायतसँगै विश्वभर यो खबरले तहल्का मच्चाएको हो ।

फ्रेन्च म्यागेजिनले बेलायती राजकुमार विलियम र युवराज्ञी केटका तस्बिरलाई चार पेजमा समेटेर छापेको छ । छापिएका तस्विरमा केट पूरै ‘टपलेस’ देखिन्छिन् ।
विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेअनुसार यी तस्विरहरु बेलायती महारानीका भतिजा लर्ड निलेको फ्रान्सस्थित महलमा छुट्टि मनाउँने क्रममा खिचिएका हुन ।
यो तस्बिर छापिएको प्रसंगका विषयमा बेलायती राजपरिवारले विलियम र केटको निजी जीवनमाथि खेलबाड भएको भन्दै असन्तुष्टि जनाएको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । राजपरिवारले असन्तुष्टि जनाए पनि राजपरिवारबाट औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया सार्वजनिक भने गरिएको छैन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला


बच्चा जन्माएर मोटाएकी हलिउड अभिनेत्री जेसिका सिम्पसन अहिले वजन घटाउने ध्याउन्नमा लागेकी छन् । यसै क्रममा उनले आफ्ना स्तन ज्यादै ठूला भएको बताएकी छन् ।

स्तन ठूला भएकाले आफूलाई कुद्न अप्ठेरो भएको उनको जिकिर छ । ‘जगिङ’ गरेर धेरैले वजन घटाउने गरेका भए पनि स्तन ठूला भएकैले राम्ररी ‘जगिङ’ गर्नसमेत नसकेको उनले उल्लेख गरेकी छन् । ३२ वर्षीया जेसिकाले भनिन्, ‘शरीरको वजन घटाउन म दैनिक ६० मिनेट कार्डियो एक्सरसाइज गर्दै छु । तर, मेरा स्तन यति ठूला छन् कि म राम्ररी दगुर्न पनि सक्दिनँ । त्यसैले हिँडेरै काम चलाइरहेकी छु ।’

जेसिका मे १ मा आमा भएकी थिइन् । सुत्केरीबाट तंग्रिएपछि खानपानमा होस पुर्‍याएर उनले वजनलाई सन्तुलनमा राख्ने कोसिससमेत गरिरहेकी छन् । यद्यपि, वजन घटाउन आफू अझै सफल हुन नसकेको उनको जिकिर छ । (सौर्य दैनिक/एजेन्सी)


लण्डन – मानिसले रक्सीको नसामा होस गुमाउादा के–के काम गर्छन्, उसैलाई थाहा हुँदैन । पछि रक्सीको मात उत्रेपछि मात्र उसलाई आफूले के गरे भन्ने होस हुन्छ र पछुतो गर्न थाल्छ । अहिले यस्तै हालत भएको अमेरिकी गायिका केशा र उनको साथीहरुलाई ।

केही समयअघि केशा, उनको ब्वाइफ्रेन्ड एडम लाम्बर्ट र उनको एक महिला साथीलाई लण्डनको नाइट क्लब अगाडी भेटिएको थियो । रक्सीको नसामा चुर उनीहरुको तस्विर पापाराजीहरुले खिच्न थालेपछि, उनको ती साथीले आफ्नो पाइन्ट खोल्दै देखाइएकी थिइन् ।
लस एन्जलस अमेरिकाको सुन्दर शहर हो। त्यसमा पनि त्यहाँ निकै सुन्दर-सुन्दरीहरूको उल्लेखनीय बसोबास छ। सम्पन्न र सुन्दर महिलापुरुष त्यहाँका गल्लीहरूमा भेटिन्छन्। सुन्दर शहर लस एन्जलसमा एक बेलायती मोडलको ग्ल्यामरले ट्राफिक नै ठप्प पारेको बताइन्छ। हालैमात्र बेलायती ग्ल्यामर मोडल केली ब्रुक आफ्नो फियान्से टम इभान्सलाई लिएर लस एन्जलसका सडकमा देखापरिन्।  शहरका गल्लीमा घुमफिर गर्दै गरेको उनको जोडी देखेर त्यहाँको सडकमा ट्राफिक नै ठप्प भयो। अमेरिकी सोसलाइट किम कार्दासियनको कर्भी ग्ल्यामरलाई टक्कर दिन सक्ने ग्ल्यामरस कर्भकी धनी केलीका फियान्से इभान्सलाई समेत क्युपिडकै अवतार मान्ने धेरै छन्। रग्बीका पूर्वसुपरस्टार इभान्सले उनलाई फिजिकल ट्रेनिङ गराएपछि ३२ वर्षे ग्ल्यामर मोडलको सौन्दर्य अझै निखारिएको बताइन्छ।
नागरिक न्युज 

लण्डनको इलेक्ट्रोनिक मिडियाको समाचार अनुसार ब्रिटेनका राजकुमार हैरीलाई अश्लिल पोर्न  फिल्ममा काम गर्नको लागी एक करोड डलरको अफँर गरिएको छ । पछिल्लो केहिदिनयता राजकुमार हैरीको नग्न तस्विर सार्वजनिक भएपछि सो अफर गरिएको अन्तराष्ट्रीय अनलाईन पोर्टलले समाचार लेखेका छन् ।

 सो नग्न तस्विर सार्वजनिकले ब्रिटेन शाही परिवारको वदनाम भएको वताईएको छ ।  शाहि परिवारले भने सो तस्विरहरु सार्वजनिकमा रोक लगाउन दवाव दिएका थिए । तर पत्रपत्रिकाले सो तस्विरहरु सार्वजनिक गरेका थिए र घटनाक्रममाथी कुनै आधिकारीक टिप्पणी भने भएको छैन ।


राजकुमार ह्यरीसम्बन्धी अर्को खबर पढ्न यहाँ क्लिक गर्नुहोला

बेलायतको राजसंस्था युवराज ह्यारीको नग्न फोटो इन्टरनेट मार्फत सार्वजनिक भएपछि विवादमा तानिएको छ । लस भेगसको एक होटलको कोठामा युवतीसग नग्न अवस्थामा रहेका २७ वर्षिय ह्यारीको फोटो इन्टरनेटबाट सार्वजनिक भएको छ ।

बेलायतको राजसंस्थाले इन्टरनेटमार्फत फैलिएको तस्विर पत्रिकामा छापिएला भन्नेमा शतर्कता अपनाइरहेको बताइएको छ । बेलायतका पत्रिकाहरुले ह्यारीको तस्वीर सार्वजनिक गर्ने तरखरमा रहेपनि अहिले सम्म त्यसो भएको छैन ।
अमेरिकाका पत्रिकाहरुले पनि उनको तस्वीर लिएको बताइएको छ ।

सार्वजनिक भएको पहिलो फोटोमा युवराज ह्यारी पूरै नग्न अबस्थामा छन् र उनीसग एक युवती पनि देखिएकी छन् । अमेरिकाको टिएमजेड वेवसाइटले इन्टरनेटबाट ती फोटोहरु सार्वजनिक गरेको हो । ह्यारीसंगै रहेकी ती महिलाले उनको फोटो मोबाइल क्यामराबाट खिचेको टिएमजेडले जनाएको छ ।

टिएमजेडले ह्यारी आफ्ना साथीहरुसंग नग्न अबस्थामा विलियड्र्स खेलिरहेको दाबी गरेको छ ।
 - एजेन्सी 

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

आइतबारको दिन अमेरिकाको लसएन्जल्सस्थित विन्सेंट थमस पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
 हलिउड अभिनेता टम क्रूजलाई टप गन फिल्मबाट स्टार बनाउने निर्देशकको आत्महत्याको रहस्य भने खुलिसकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

 ६८ वर्षीय टोनीको कार विसेन्ट पुल नजिकै भेटिएको थियो । जसबाट उनको सुसाइड नोट समेत प्राप्त भएको जनाएको छ । टोनीले फिल्म टप गनबाट हलिउडको यात्रा सुरु गरेका थिए । सोही फिल्मबाट उनलाई हलिउडमा सफल निर्देशकको दर्जा समेत दिइएको थियो ।
 टोनीले हालसम्म हलिउडका धेरै चर्चित कलाकारहरुलाई आफूसँग काम गराई सकेको जनाइएको छ । प्रहरीले टोनीको मृत्यु आत्महत्या नभएर हत्या पनि हुन सक्ने आशंका गरेको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

बेलायतकी सेक्सी तथा हट बिकिनी मोडल केट अपटनले आफ्नो स्तनका बारेमा एउटा रमाइलो रहस्योद्घाटन गरेकी छिन्। केटका अनुसार कुनै बेला उनलाई अन्य युवतीका उन्नत तथा आकर्षक वक्षस्थल देखेर जलन हुन्थ्यो। केटले एउटा अन्तर्वार्तामा भनेकी छिन्— 'किशोरावस्थामा मेरो वक्षस्थल करिब-करिब सपाट थियो। त्यस्तो देखेपछि मेरा साथीहरूले मलाई जिस्क्याउँथे।' केटका अनुसार टिनएजमा भोगेको त्यही अपमान उनलाई सुपरमोडल बन्ने राम्रो मार्गनिर्देशक बन्यो। एक वर्षअघिसम्म केट एउटी अपरिचित मोडल थिइन् तर निर्देशक हेरी स्टाइलको पारखी नजरमा पर्नेबित्तिकै केट सफलताको सिंढी चड्न थालिन्। केटले आफ्नो स्तनको आकार बढाइन्। अहिले उनको फिगर ३६x२५x३४ छ।
सभार:  साप्ताहिक 

लामो समयको प्रतिक्षापछि हलिउड नायिका जेनिफर एनिस्टनले प्रेमी जस्टिन थेरक्यसँग बिहे गर्ने घोषणा गरेकी छिन् ।
एनिस्टनको प्रतिनिधि स्टेफल हुवानेले यो खबर पुष्टि गरेकी हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही समयअघि जस्टिनले राखेको विवाह प्रस्तावलाई गत शुक्रबार जस्टिनकै जन्मदिनमा नायिकाले स्वीकार गरेकी हुन् ।

उनीहरुले त्यही कार्यक्रममा इन्गेजमेन्टसमेत गरेको बताइएको छ । ४१ वर्षे थेरक्स र ४३ वर्षीया एनिस्टन एकापसमा लामो समयदेखि चिनजान भएपनि कमेडी शृंखला वान्डर लस्टमा अभिनय गर्न थालेपछि मात्र डेटिङव सुरु गरेका थिए ।
एनिस्टनको सन् २००५ मा नायक ब्राड पिटसँगको पाँचवर्षे वैवाहिक सम्बन्ध टुङ्गिएको थियो ।
- राधा रोक्का(डिसीनेपाल)