Norwegian PMरोम, श्रावण २८ । नेपालमा राजनीतिक दलका नेताहरुमा महाराजा बन्ने लालसा बढिरहेको बेला उत्तर युरोपेली मुलुक नर्वेमा भने जनधारणा बुझ्न प्रधानमन्त्री नै ट्याक्सी ड्राइभर बनेका छन् । नर्वेका प्रधानमन्त्री येन्स स्टोल्टनबर्गले जनताको राय बुझ्न भेष बदलेर ट्याक्सी चालक बनेको समाचारले अहिले चर्चा पाएको छ ।
राजधानी ओस्लोको सडकमा स्टोल्टनबर्गले एक दिनभर ट्याक्सी चलाएका थिए । आफू र सरकारप्रति आम जनताको वास्तविक धारणा बुझ्न ट्याक्सी चालक बनेर सडकमा उत्रिएको प्रधानमन्त्री स्टोल्टनबर्गले बताएका बीबीसीले जनाएको छ ।
ट्याक्सी चढ्नेहरुसँग कुराकानी गरेर उनले सरकारप्रतिको धारणा लिएको बताइएको छ ।
त्यस क्रममा प्रधानमन्त्री स्टोल्टनबर्गलाई चिन्नेहरुलाई मात्र उनले आफ्नो परिचय दिएका थिए । उनले यात्रुहरुसँगको कुराकानी गोप्य रुपमा क्यामरामा कैद समेत गरेको जनाइएको छ ।
विश्व चर्चित गायिका रिहाना स्टेज क्विन नै हुन् । स्टेजमा पुगेपछि उनले माहोललाई एकाएक तताउने काम गर्छिन् । हालै मात्र एक कार्यक्रममा रिहानको गीत गाउने शैलीले धेरैलाई आकषिर्त गर्यो । शनिबार टी पार्कमा आयोजना गरिएको एक कार्यक्रममा रिहान बाघको चित्र कोरिएको पहिरनमा स्टेजमा पुगिन् । स्टेजमा पुगे लगतै रिहानाले माहोललाई मात्र तताउने काम गरिनन् आफू पनि खुबै मस्त देखिइन् । भिडियो हेर्न तल जानु होला बक्स भित्र क्लिक क्लिक्क !!!

ज्योती राई मेरो जन्मथलो इलामको पशुपति नगर ८ मा छ । म अहिले काठमाडौंको नैकापमा बस्दै आएको छु । मलाई पैसाको खाँचो पनि थियो र केटीहरुलाई राम्रो सुविधा छ भन्ने सुनेर म पनि विदेश जान तयार भएँ । म सुरुमा इजरायल गएको हुँ । कमाई पनि राम्रो छ, युरोप जस्तै सुविधाहरु पाइन्छ भन्ने सुनेर मलाई पनि जाउँ जाउँ लाग्यो । इजरायलमा अरु देशमा भन्दा पैसा पनि राम्रो कमाइ हुने र सुरक्षा पनि हुने भन्ने थाहा भएपछि मलाई जान मन लाग्यो । मेरो दाइले मलाई नजाउ पछि एकै पटक १२ कक्षाको परीक्षा दिएर क्यानडा तिर ट्राइ गर भन्नु भएको थियो तर हामी चार पाँच जना मिलेर ग्रुपमै ट्राइ गरेका हौं । म रिसायँ, घरमा राम्रोसँग बोलिन अनि दाइले पनि हुन्छ भन्नुभयो । पैसा ४/५ लाख रुपैयाँ तयार गर्नुपर्थ्यो । अनि भाषाहरु अलि अलि सिक्नुपथ्र्यो । त्यसमा त्यती गारो भएन । सुरुमा त भाषाले अलि अलि समस्या पार्थ्यो । इंग्लिस त्यति नआउने । अरु देशबाट पनि आएकालाई इंग्लिस नआउने भएकाले हामीले हिब्रु जान्नैपथ्र्यो । सुरुमा त गारो थियो । सुरु सुरुमा त घरको निकै याद आउँथ्यो । रुन्थें पनि । उमेर पनि सानै थिएँ । आफन्त पनि कोही थिएन । सुख दुःख पोख्ने पनि कोही थिएन । सुरुमा त भाषाकै समस्या भयो । पछि खानाकै समस्या भयो । एक गिलास चामलको भात पकाएर एक हप्तासम्म फ्रिजमा खानुपर्ने । यहाँको भन्दा खानेकुरा निकै समस्या थियो । कतिकुरा नबुझ्ने भएकाले थप समस्या पर्थ्यो । छुट्टिमा आएपछि कहाँ जाने भन्ने कुरा भाषाले गर्दा नै समस्या हुन्थ्यो । सबैभन्दा पहिला मान्छेमा म जहाँ पनि एड्जस्ट हुन सक्छु भनेर कन्फिडेन्ट हुनुपर्छ । जुन देश जाने हो त्यही देशको बारेमा जानकारीहरु लिने, हावा पानी कस्तो छ त्यसको जानकारी लिनुपर्छ । अहिले त सजिलै सबै देशको जानकारी पाइन्छ । तयारी गरेर विदेश जाँदा नै राम्रो हुन्छ । आफू जुन देश जाने हो त्यसको भाषा चैं राम्रोसँग जानियो भने राम्रो हुन्छ । सुरुमा ६ सय डलर दिएको थियो । पछि काम पनि राम्रो भयो र तलव पनि १ हजार डलर कमाउँथे । म चार वर्ष र ८/९ महिना बसेँ । म बिचमा छुट्टीमा आउन खोजेँ तर मिलेन । त्यहाँबाट अन्तै ट्राइ गर्न पनि खोजेको थिएँ । मैले अमेरिकाको लागी ट्राइ गरेर अन्र्तवार्ता पनि दिएको थिएँ । तर परिवारले सानैमा विदेश गएको, उता गएपछि कहिले भेट हुनेहो एक पटक नेपाल आइज भनेपछि म आएँ । लामो समयपछि आउँदा खुसी लाग्यो । नेपालको बाटो हेर्दा दुःख पनि लाग्दो रहेछ । उनीहरुको देश र हाम्रो देशमा निकै फरक लाग्यो । तर म ५ वर्ष विदेश बसेर आउँदा पनि हाम्रो यहाँ त्यति धेरै फरक लागेन । विदेश जानु भन्दा पहिले भाषा सिक्नुपर्छ । त्यहाँको रहन सहन बारेमा पनि जानकारी लिनुपर्छ । कन्फिडेन्ट नभएका मान्छेहरु सकेसम्म नजाँदा नै राम्रो हुन्छ । आफूलाई विदेश पठाउने एजेन्टको बारेमा पनि जानकारी लिइ राख्नुपर्छ ।
पुरा भिडियो हेर्न माथिको स्टप गरेर तलको भिडियो हेर्नुहोला
२९ असार, काठमाडौ । राजनीतिक दलका नेताका छोराछोरीको बिवाहमा तडक भडकको प्रतिष्पर्धा बढिरहेको समयमा नेकपा एमालेका पूर्व सासंद आनन्द पोखरेलकी छोरी सृजनालेले जनबादी विबाह गरेकी छन ।एमाले अध्यक्ष झलनाथ खनालको प्रमुख आतिथ्यमा काठमाडौको राष्टिय सभागृहमा विबाह सम्पन्न भएको हो । नेकपा एमाले प्राकृतिक स्रोत साधन विभागका सचिव समेत रहेका पोखरेलले छोरीको विबाह नेकपा एमाले पर्वतका उपसचिव पद्मपाणी शर्मासंग गरिदिएका हुन । बिबाह समारोहमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारी लगायत एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । यस्तै बिबाह समारोहमा नेपालका लागि चीनका राजदूत लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तीहरुको जमघट थियो । विवाहमा करिब २ हजार मानिस सहभागी थिए।बिवाह समारोहमा एमाले अध्यक्ष खनालले बर्गविभेद अन्त्यका लागि जनबादी विबाहमा यसरि जोड दिएका थिए । भिडियो हेर्नुहोस
आर एन्ड बी गायिका रिहान्ना गायक जस्टिन बीबरलाई पछि पार्दै युट्युबका हेरिने सबैभन्दा लोकपि्रय कलाकार बन्न सफल भएकी छिन्। समाचारअनुसार डायमन्ड्सकी २५ वर्षिया गायिका रिहान्नाका ७७ वटा भिडियो ३ अरब ७ करोड ८४ लाख प्रशंसकले हेरेका थिए। यो दर्शक संख्या बीबरका ७७ वटा भिडियो हेर्ने प्रसंसकभन्दा २० लाखले बढी छ। तेस्रो स्थानमा दक्षिण कोरियाली रक स्टार पीएसवाई छन्। उनको गंगनम स्टायललाई ३ अबर १० करोड दर्शकले हेरेका छन्। यसबाहेक एमिनेमलाई २ अरब २० करोड, लेडी गागालाई २ अरब ३० करोड तथा शकिरालाई २ अर्ब दर्शकले युट्युबमा हेरेका थिए।
भारतीय मोबाइल उत्पादक माइक्रोम्याक्सले कम मुल्यको सोलार फोन सार्वजनिक गरेको छ। ग्रीन फोनका रुपमा माइक्रोम्याक्सले एक्स २५९ मोबाइल भारतीय फोन बजारमा ल्याएको हो। यो मोबाइल सेट सोलार प्यानल जडित छ जसले घामबाट नै फोन चार्ज गर्दछ। मोबाइल सेटको पछिल्लो भागमा सोलार प्यानल छ जसले ग्रामिण भेगमा विद्युतको समस्या भोग्ने मोबाइल प्रयोगकर्तालाई मोबाइल चलाउन सहज हुनेछ। फोनमा १००० एमएएच लिओन ब्याट्रीले करिब २०० घण्टाको स्ट्याण्डबाइ र ४ घण्टाको टक टाइम दिन्छ। फोनमा २.३ इन्चको क्यूभिजिए स्क्रिन रहेको छ भने २४० बाइ ३२० रिजोलुसन। दुई सीम लाग्ने फोनमा तस्विर, भिडियो, म्यूजिक साथै ब्लुटुथको सुविधा रहेको छ। यसमा ८ जीबी सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ। फोनमा ०.३ मेगा पिक्सलको क्यामेरा छ। माइक्रोम्याक्स विश्वको १२ औं ठूलो मोबाइल सेट निर्माता हो। फोनको अग्रभाग फोनको अग्रभाग Micromax X259 का विशेषताः दुई सीमकार्ड (Dual Sim) २.४ इन्चको डिस्प्ले ०.३ मेगा पिक्सल क्यामेरा १००० सर्म्पर्क अट्ने फोनबुक ८ जीबी सम्मको मेमोरी कार्ड लाग्ने म्यूजिक प्लेयर ब्लुटुथ एफएम रेडियो (रेकर्डिङ सुविधा सहित) ३.५ एमएमको अडियो ज्याक भाइब्रेसन, एमपीथ्री रिङटोन सोलार चार्जर १००० एमएएच लिओन ब्याट्री ४ घण्टा भन्दा बढी समय सम्म फोनमा कुराकानी गर्न सकिने २०० घण्टा सम्म फोन खुला राख्न सकिने 118X50X16 mm को
चितवन, असार २९ । विरामी पर्दा, कुनै महत्वपूर्ण काम गर्दा हामीले हेलिकप्टर चार्टर गरेको त देखेकै छौं । तर, विवाहमा हेलिकप्टर नै प्रयोग गरेको भने हामीले पक्कै देखेका छैनौं र सुनेका पनि छैंनौ होला । चितवनमा आज भएको एक विवाहमा यस्तै दृश्य देखियो । भरतपुर–१२ थापाथली चोक निवासी रविशमशेर थापा हेलिकप्टर चेढेरै बेहुलीको घर पुगे । बेहुला एयर डाईनेस्टीको हेलिकप्टरमा बेहुली सजना पौडेलसँग लगनगाँठो कस्न लमजुङको बेशीशहरमा पुगे भने साँढे तीन सय जन्ती ४५ वटा कार र तीन वटा बसमा दुलहीको घर पुगे । बेहुला थापा क्षेत्री युवा समाज चितवनका अध्यक्ष हुन् । source : imagechannel

१ फिट ३ इन्च लामा पाइताला भएका ३१ वर्षे ब्राहिम र केवल २ फिट अग्लो सरीर भएकी १९ वर्षकी ज्योतीले खिचाएका तस्वीर हेर्दा ब्राहिमका खुट्टा सामु ज्योतिको जिउ समेत निकै सानो प्रतित हुन्छ ।
ब्राहिम विश्वका सबैभन्दा लामा पाइताला भएका व्यक्ति मात्र होइनन् विश्वका दोश्रो अग्ला व्यक्ति हुन् जसको उचाई ८ फिट १ इन्च छ । उनीहरुबीचको यो अनौठो फोटोसेसन वास्तवमा एउटा नयाँ कामका लागि जुराइएको थियो । विश्वका मानिसहरुको पाइतालाको तस्वीरको सबैभन्दा वृहत संग्रह तयार पार्ने अभियान अमेजिङ फिट च्यालेन्जका लागि सबैभन्दा ठूलो तथा सबैभन्दा सानो पाइताला भएकी यी दुइको तस्वीर पनि खिचिएको हो ।
यो अभियान अन्तरगत ५० हजार जोडी पाइतालाका तस्वीर संग्रह गरी गिनिज बुकमा नाम लेखाउने लक्ष्य राखिएको छ । निम्न लिंकमा गएर आफ्ना पाइतालाका तस्वीर समेत समावेश गर्न सकिने बताइएको छ ।
नेपालमा पछिल्लो दुइ महिनामा चट्याङबाट झण्डै ६० जनाले ज्यान गुमाइसकेका छन् । पि्र मनसुनको यो हताहतीलाई हेर्दा यो वर्ष वर्षायामको समाप्तीसम्ममा चट्याङका कारण ज्यान गुमाउनेका संख्या निकै बढि हुने सहजै अनुमान गर्न सकिन्छ । पोहोर साल नेपालमा चट्याङबाट १ सय ३१ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । २०६७ सालमा चट्याङमा परी ८० जनाले ज्यान गुमाएको, ०६८ सालमा त्यो संख्या १०३ पुगेको र गतवर्ष १३१ जनामा उक्लिएको तथ्यांकले पनि नेपालमा वर्षेनी चट्याङको प्रकोपमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको देखाउँछ । आकस्मिक र भयंकर प्राकृतिक प्रकोपको रुपमा लिइने चट्याङबाट बाट विश्वमा प्रतिवर्ष हजारौँको ज्यान जाने गरेको तथ्यांकले पनि यसको भयानकता पुष्टि गर्छ । विश्वमा प्रत्येक दिन ४५ हजार पटक सानाठूला चट्याङ पर्ने गरेका विज्ञहरु बताउँछन् । खासगरी फागुन देखि वषर्ायाम नसकिँदासम्मको समय नेपालमा चट्याङको लागि निकै जोखिमपूर्ण समय हो । मनसुन सकिएपछिको कात्तिक मंसिरको समयमा पनि चट्याङको प्रकोप बढि रहनेगर्छ । अझ निकै गर्मी हुने र पानीको बढि वाष्पिकरण भएर जलवाष्पयुक्त वादल भन्ने कन्भेक्सन प्रक्रियाका कारण फागुन देखि वैशाख सम्मको समय चट्याङ बढि पर्ने गर्छ ।
चट्याङ के हो ? चट्याङ भनेको एक प्रकारको विद्युतिय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरुबीचको घर्षण , उनीहरुबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पन्न हुन्छ । जसबाट ताप , प्रकाश र ध्वनी वा गर्जन एकैसाथ निस्किन्छ । त्यसलाई हामी विजुली चम्किएको , गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ । यसरी विपरित चार्ज भएका वादलहरुबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियस सम्म ताप उत्पन्न हुन्छ । सामान्य चट्याङको विद्युत शक्ति समेत एक अर्व भोल्ट सम्मको हुन्छ । विजुली चम्किँदा उत्पन्न हुने तापिय शक्ति सूर्यको सतहको तापक्रम भन्दा ५ गुणा बढि हुन्छ । त्यो ठूलो तापीय र विद्युत शक्तिको केही हिस्सा पृथ्वीसम्म आइपुग्यो भने पनि त्यसले ठूलो क्षति पुराउँछ जसलाई हामी चट्याङ भन्छौँ । वास्तवमा क्युमुलोनिम्बस नामको जलवाष्पयुक्त वादल नै चट्याङको मुख्य कारण हो । यसमा प्रसस्त मात्रामा विपरित विद्युतिय ध्रुवको निर्माणमा भने हावाहुरी , सौर्य विकिरण , जलचक्रको प्रकृया , आद्रता जस्ता प्रकृयाले सहयोग पुराउँछन् । वाष्पिकरण कारण जब उष्ण र आद्र हावा जोडसाथ माथि जान्छ त्यो सेलाउँदै जान्छ र क्युमुलोनिम्बस बादल बन्छ । जे होस् चट्याङ भनेको बादल बाट निस्कने उर्जाको उपज हो र वायुमण्डलमा देखिने विजुलीको धार हो । चट्याङको बेला फलाम , मुसल वा त्यस्तै कुनै पदार्थ आकाशबाट र्झछ भन्ने परम्परागत सोचाइ गाउँसमाजमा छ । तर त्यस्तो होइन । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभइ ठूलो परिमाणको विद्युत र तापशक्ति पृथ्वीमा आउँछ जसले आफ्नो सामुन्नेको जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्छ । सामान्यतया हावाहुरी , घना वषर्ा वा हिमपात सँगै चट्याङ पर्नेगर्छ तरपनि कहिलेकाहीँ वषर्ा पूर्वको समयमा वा वर्षा नभैकन पनि चट्याङ पर्नेगर्छ । चट्याङका असर : क्युमुलोनिम्बस बादमा हुने थन्डरस्ट्रोम प्रक्रियाको उपज हो चट्याङ । चट्याङ सँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक वस्तुहरुमा क्षति पुग्ने त छँदैछ थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असरहरु पनि छन् । ठूलो आवाजको गड्याङ गुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वषर्ा हुने गरेको पनि सबैले अनुभव गरेको कुरा हो । क्युमुलोनिम्बस बादलमा हुने थन्डरस्ट्रोम प्रकृयाले ठूलो हावाहुरी , आँधीवेहेरी , असिनापात , तथा टोर्नाडो , साइक्लोन जस्ता विनाशकारी आँधी समेत ल्याउने गर्छ । भुमध्यरेखिय क्षेत्रहरु तथा समुद्रकेा नजिक पर्ने क्षेत्रहरुमा चट्याङ सँगै यस्ता प्राकृतिक विपत्तिहरु आउने गर्छन् । त्यस्तै निकै ठूलो वर्षा (क्लाउड ब्रस्ट) का कारण बाढि , पहिरो जस्ता विपद पनि यही वायुमण्डलीय उर्जाका परिणति हुन् । चट्याङका फाइदा : आकाश गर्जने , विजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया हानीकारक मात्र होइन फाइदाजनक पनि हुन्छ । पर्यावरणीय सन्तुलनको लागि चट्याङ पर्ने बेलामा उत्पन्न हुने तापिय उर्जा निकै महत्वपूर्ण हुन्छ । आकाशमा विपरित चार्ज भएका बादलहरुबीचको घर्षण ले जुन ठूलो मात्राको तापिय उर्जा उत्पन्न गर्छ त्यसले गराउने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने पदार्थ वनस्पतीहरुका लागि फाइदाजनक हुन्छ । वायुमण्डमा ग्यासको रुपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतीले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रुपमा बदल्ने काम त्यही तापिय उर्जाले गर्छन । विजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्यास सँग मिलेर नाइट्रेट बन्दछ जुन पदार्थ वर्षासँगै पृथ्वीमा आउँछ माटोमा मिल्दछ जसलाई विरुवाले मलको रुपमा लिन्छन् । त्यसकारण पनि गड्याङ गुडुङ सहित परेको पानी मलिलो हुन्छ भनेर बुढापाकाले भन्ने गर्छन् । गड्याङगुडुङ सहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ त्यसैले बालीनाली वा बोटविरुवाका लागि यो निकै फाइदाजनक हुन्छ । त्यसकारण हाम्रा भौतिक संरचना वा जनधनको विनाश गर्ने रुपमा आएको चट्याङ हाननीकारक भएपनि जुन प्रक्रियाद्धारा चट्याङ पर्छ त्यो बोटविरुवा , बालीनाली वा अन्ततः हाम्रै लागि निकै फाइदाजनक र अत्यावश्यक छ । चट्याङबाट कसरी बच्ने ? थन्डरस्ट्रोम प्रक्रियाद्धारा विजुली चम्किने , चट्याङ पर्ने , गर्जन हुने , वर्षा , हुरी वा आँधीबेहेरी हुने लगायतका प्रकोपहरु सिर्जना हुन्छन् । चट्याङ सबैभन्दा बढि भयानक प्रकोप मानिन्छ । हुनत चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युत उर्जा निकै छोटो समयसम्म मात्र रहन्छ । तरपनि ठूलो परिमाणको उर्जा हुने भएकाले यो प्रलयकारी हुन्छ । चट्याङबाट मानिस , जिवजन्तुको मृत्यु हुने , हरिया रुखहरु समेत मर्ने समेत हुनसक्छ । भौतिक संरचनाहरुमा चट्याङ परेमा आगलागी हुने , विद्युत , टेलिफोन लगायतका पोल तथा स्टेशन समेत चट्याङको बढि जोखिममा हुन्छन् । चट्याङबाट बच्नको लागि : · पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किने · यस्तो बेला ठूला रुख , विजुलीका तार , पोल तथा ट्रान्समिटरको तर नबस्ने · घर बाहिर भए कुनै सुरक्षित ठाउँ वा ओडारमा बस्ने · विजुलीको राम्रोसँग अर्थिङ गर्ने · भवन तथा अरु अग्ला संरचनामा चट्याङ पर्न नदिन त्यस्ता संरचनाको सबैभन्दा माथिल्लो भागमा धातुजन्य एन्टेना राखी त्यसमा तार जोडेर जमिनमा लगेर र गाड्नुपर्छ जसका कारण त्यस क्षेत्रमा चट्याङको बेला विद्युतिय चार्ज आएमा तार हुँदै पृथ्वी सम्म पुग्छ र क्षति गर्न पाउँदैन । चट्याङ एक प्राकृतिक प्रक्रियाको उपज हो । यसलाई रोक्न सकिन्न तर सावधानी अपनाउने हो भने यसले पुराउने क्षति केही मात्रामा रोक्न सकिन्छ । चट्याङ पर्दा वा आकाश गर्जिँदा डराउने , आत्तिने नगरी केही विपत्ति आइहालेमा कसरी जोगिने भन्नेबारेमा पुर्वतयारी गर्नुपर्छ । विजुली चम्किँदा वा आकाश गर्जिँदा कुनैपनि बेला चट्याङ पर्नसक्छ भनेर सचेत हुनुपर्छ । यद्यपि चट्याङ मात्र होइन सबै प्रकारका प्राकृतिक प्रकोपमा दृष्टिले नेपाल विश्वमै निकै जोखिम पूर्ण मूलुक मध्येमा पर्छ । भौगोलिक रुपमा जटिल तथा कमजोर भूबनोट र भौगर्भिक रुपमा पनि तिब्बती र भारतिय थालीको बीचमा पर्ने भएकाले नेपाल विभिन्न दैवी प्रकोपको चपेटामा परिरहन्छ । विश्वबैंकको तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपाल जलवायु परिवर्तन जन्य प्रकोपको दृष्टिले विश्वकै छैटौँ जोखिमपूर्ण मूलकमा पर्छ । त्यस्तै वषर्ाजन्य प्रकोपको दृष्टिले ३० औँ तथा भुकम्पिय जोखिमको दृष्टिले ११ औँ स्थानमा पर्छ । नेपालका ९० प्रतिशत मानिस कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा बाध्य छन् , जसले वर्षेनी कम्तिमा दुइवटा प्राकृतिक प्रकोपको सामना गर्नुपरिरहेकेा छ । त्यसकारण पनि हामी सबै प्रकारका प्राकृतिक प्रकोपको क्षति न्युनिकरण तथा विपद व्यवस्थापनमा पुर्वतयारी गर्नैपर्छ । कुलचन्द्र अर्याल साभार स्रोत : अनलाइन खबर भिडियोमा हेर्न तल BOX मा क्लिक क्लिक़ गर्नु होला
हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धार्मिक महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ । तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ । यहाँ हामीले तुलसीको पात कस्तो कस्तो स्वास्थ्य समस्याको निराकरणमा उपयोगी सावित हुनसक्छ भन्ने जानकारी प्रस्तुत गरेका छौँ ।
महिलाहरुमा महिनावारीको बेला यदि पेट तथा कम्मर दुख्ने समस्या बढि नै छ भने तुलसीको हरियो पातलाई पिँधेर रस बनाउनुहोस् अनि दिनहुँ १ चम्चा तुलसीको पातको रस पिउनुहोस् । तुलसीको पात पिँध्न झण्झट लाग्छ भने पात मज्जाले धोइपखाली गरेर चपाउँदा पनि हुन्छ । बर्खाको समयमा रुघाखोकी, ज्वरो तथा पेटको समस्या बढि देखिने गर्छ । यस्ता समस्याको रोकथामका लागि दिनहुँ तुलसीका पातको सेवन लाभदायक हुन्छ । साथै रुघाखोकी लागेको बेला तुलसीको पात, बेसार, नुन मिलाएर पानीमा मज्जाले पकाएर उक्त पानी पिएमा रुघाखोकी र चिसो कम हुन्छ । तुलसीका पातको सेवनले मुखको संक्रमणबाट बचाउनुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्छ । बिहान उठ्नैबित्तिकै पानीसँगै तुलसीका पात पनि चपाएर खानुहोस् । यसले गर्दा विभिन्न खालका संक्रामक रोगबाट बचाउँछ । तुलसीको पातको लेप छालामा लगाउँदा दाद, लुतो तथा छालासम्बन्धि अन्य रोगबाट बचाउँछ । ज्वरो आएको छ भने तुलसीको पातलाई पिँधेर बनाएको रसमा अदुवाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ । आयुर्वेदमा तुलसीको नजिक बस्दा स्वासप्रस्वास मार्फत लिइने हावा सरीरका लागि निकै फाइदाजनक हुने र त्यसले सरीरका विषाक्त पदार्थ निर्मलीकरण गर्नमा सहयोग गर्ने विश्वास गरिन्छ । साभार स्रोत : अनलाइन खबर भिडियोमा हेर्न तल क्लिक क्लिक पार्नु होला
मान्छेले बनाएको संसारकै सबैभन्दा अग्लो दुबईको बुर्ज खलिफा टावर । २१ सेप्टेम्बर २००४ मा प्रारम्भ गरी १ अक्टुबर २००९ मा निर्माण सकिए पनि ४ जनवरी २०१० मा यो भवन खुला गरियो । यो गगनचुम्बी भवनमा ९ सय अपार्टमेन्टहरु रहेका छन् ।
शिशु भेटिएको २४ घण्टा भए पनि आमा पत्ता लाग्न नसकेको दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताउनुभयो । ‘हापुर गाउँमा त्यहाका महिला र प्रहरीहरुलाई प्रत्येक घरमा बुझ्न लगाएका छौं ।’ एसपी मल्लले भन्नुभयो । बच्चालाई लालन-पालनका लागि लग्छौं भन्नेमान्छेहरु धेरै आएको अस्पतालले बताएको छ । तलको बक्स मा क्लिक गरि भिडियो हेर्नुहोस ।
एलिसानी डा क्रुज सिल्भालाई भेट्नुस्। यी किशोरीको उमेर भर्खर १७ वर्ष पुग्यो। तर उनको उचाइ अविश्वसनीय छ- छ फिट आठ इञ्च। अझ अनौठो त उनको ब्वाइफ्रेन्ड २२ वर्षका सिल्भा कार्भाल्हो छन्। आफूभन्दा एक फिट चार इञ्च होचा ब्वाइफ्रेन्डसँग ब्राजिलको समुद्री किनारमा रोमान्स गर्दै गरेको तस्बिरहरु बारक्रोफ्ट मिडियाले सार्वजनिक गरेको छ।