७ माघ, काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनकै बलबाट बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको बैठकले एमाओवादी र सरकारले सहमपति नचाहेको भन्दै आन्दोलनकै बलबाट सरकार हटाउने निर्णय गरेको हो । बैठकले ९ दलसँग मिलेर घोषणा गरिएको पहिलो तरणको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।
बैठकले आदिवासी जनजातिको मागबारे स्वर्गीय नेता भीमबहादुर तामाङ नेतृत्वको समितिले बुझाएको प्रतिवेदन स्वीकार गरेको छ भने महिला संघ, तरुण दल र आदिवासी जनजाति संघको विधान अनुमोदन गरेको छ ।
दाङ ७ माघ ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशसरण महतले दलहरुवीच भएका सहमति सम्झौता च्यात्ने एमाओवादीका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिवाट आफूहरु नडराउने वताउनुभएको छ । उहाँले सहमति-सम्झौता च्यातिदिने धम्की दिएर प्रचण्डले जनतामा त्रास फैलाएर शासन सत्तामा रजाई गर्न खोजेको आरोप लगाउनु भयो ।
रिपोर्टर्स क्लब नेपालको दाङ शाखाले आइतवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा डा. महतले एमाओवादी नेतृत्वको वर्तमान सरकार मुलुकमा दण्डहीनता, भष्टाचार र कुशासन वढाएको आरोप समेत लगाउनुभयो । उहाँले यस्ता मुद्धालाई प्राथामिकतामा राखेर आफूहरु वर्तमान सरकारको बर्हिगमनका लागि आन्दोलनमा उत्रिएको र सडकवाटै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्ने चेतावनी दिनुभयो ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई सत्य निरुपन आयोगको मुद्धा उठाएर सरकारले संरक्षण गर्न खोजेको आरोप लगाउदै महतले थापाको हत्या गर्ने दोषीलेले नै कारबाही भोग्न तयार छु भनिसकेको अवस्थामा घटना छानविनका लागि आयोगको आबश्यक नभएको जिकिर गर्नु भयो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अवको आन्दोलन सत्ता प्राप्तिका लागि मात्र नभएको बताउनु भयो । भण्डारीले अवको आन्दोलन मुलुकको मुहार फेर्ने आन्दोलन हुने बताउनु भयो ।
Disha Nirdesh A Very Different Television Show Interviewing People, Personalities, Social Workers, Musician and More.It Is The Show Aired On Kantipur Television Network every Thursday.It Is Presented By Bijay Kumar.
Watch Todays Episode with Babu Ram Bhattarai
Watch Todays Episode with Babu Ram Bhattarai










