सलमान खानसँग रोमास गर्ने सन्नी लेओनको चाहना

Admin | 06:02 |


मुम्बइ, श्रावण २४, सलमान खानसंग कुन कलाकारले संगै फिल्म खेल्न चाहँदैन र ? सनी लियोन पनि अपवाद भने हैनन् । सनीले मिडियासंग यस कुराको खुलासा गरेकी छन् कि उनी जुनसुकै हालतमा पनि सलमान खानका  साथमा फिल्म खेल्नका लागी आतुर रहेकी छन् ।
सनी लियोनीको सबैभन्दा मनपर्ने बलिउड हिरोको सूचीमा सलमानको नाम सबैभन्दा पहिलो नम्बरमा छ रे ।  सनीले यदि सलमानका साथमा फिल्म गरिन भने बलिउडमा उनले पाउ जमाउन सक्छिन भन्ने सोचेरनै उनले यसो भनेको हुन सक्दछ । सलमानसंग उनको चिनजानी त बिगबोसको समयदेखिकै हो । जसको फाइदा उठाउनका लागी उनी लागि परेकी छन् । सलमानलाइ प्रभावित गर्नका लागी उनी हरेक कोशिश गरिरहेकी छन् ।
जिस्म २ को प्रमोशनका लागी सनी भारतमा छिन् । उनको यहाँ निकै ठुलो स्वागत भैरहेको छ, भलै उनी एक पोर्नस्टारनै किन नहुन् ।
अब बलीउड उनको मिशन बनिसकेको बताइन्छ, तर याहाँ टिक्नका लागी काम चाहिन्छ । जिस्म २ मा सनीले जस्तो अभिनय गरेकी छन् त्यो देखेर निर्माता-निर्देशकहरूले सनीले यहाँ अझै धेरै कुरा सिक्नुपर्ने बताएका छन् ।
सनीले रामगोपाल वर्माका साथमा पनि काम गर्नका लागी पहल गरेकी छन् । उनले रामगोपाल वर्मालाइ एउटा पत्र लेख्दै आफुले उनको फिल्ममा काम गर्न चाहेको बताएकी छन् । सनीको बिचारमा उनी बलिउडमा बिस्तारै बिस्तारै आफ्नो स्थान बनाउन सफल हुन्छिन ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!