- अमेरिकि संसद सदस्यमा रोनियार पहिलै चरणमा पराजित, सुजन र जोन बिजयी

Admin | 05:54 |


२४ साउन, न्युयोर्क ।
अमेरिकी कंग्रेस सदस्यका चुनावी अभियानमा रहेका नेपाली मुलका दर्शन रौनियार पहिलो चरणवाटै बाहिरिन पुगेका छन । डेमोक्रयाट् पार्टीको तर्फबाट मनोनयनका लागि मंगलबार भएको प्रारम्भिक चरणको चुनावमा रौनियार पराजित भएर बाहिरिएका हुन ।

अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रेन्जेन्टिभस्' को वासिङ्टन राज्यको एक नम्बर डिस्ट्रिकको प्रारम्भिक चरणको मंगलबारको प्रतिस्पर्धाले आगामी नोभेम्बरको अन्तिम चरणको लागि डेमोक्रयाट् र रिपब्लिकन पार्टीको तर्फबाट क्रमशः सुजन डेलबेन र जोन कोस्टर निर्वाचित भएका छन ।

रिपब्लिकन उम्मेदबार कोस्टरले सबैभन्दा बढी ४७ दशमलब १३ प्रतिशत एवम डेमोक्रयाट् डेलबेनले २३ दशमलब २४ प्रतिशत मत प्राप्त गरे । वासिङटन राज्यका सेक्रेटरी अफ स्टेटले जनाएका अनुसार रौनियारले भने दुई दशमलब ३१ प्रतिशत मत प्राप्त गरे ।

प्रारम्भिक चुनावमा रौनियार सहित डेमोक्रयाट्को तर्फबाट पाँच एवं रिपब्लिकन पार्टी र स्वतन्त्र बाट एक एक प्रत्यासीहरु चुनावी मैदानमा थिए । चार लाख २५ हजार मतदाताहरु रहेको सो क्षेत्रमा झण्डै करिब ४५ हजार मत मात्र खसेको जनाइएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!