- अंशबन्डा विषयमा दाजु र भतिजाद्वारा आफ्नै भाईको हत्या

Admin | 05:50 |


साउन २४ – झापामा आफ्नै दाजु र भतिजाले अंशबन्डाको विषयमा एक जनालाई हत्या गरेका छन् ।
चार दशकदेखि जग्गा अंशबन्डाको झगडाका क्रममा धाइजन–२ मा आफ्नै दाजु र भतिजाको आक्रमणबाट ५५ वर्षीय धनप्रसाद प्रसाईंको मृत्यु भएको हो ।
आक्रमण गरी घाइते बनाइएपछि उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।
धनप्रसादलाई शनिबार बिहान खेत जोत्ने विषयमा उनका दाजु मात्रिकाप्रसाद तथा भतिजा पारसमणि र सूर्यले साङ्घातिक आक्रमण गरेको प्रहरीले बताएको छ ।
धनप्रसाद र मातृकाप्रसाद एकै परिवारका दाजुभाइ हुन् । उनीहरूबीच २०२९ सालदेखि पाँच बिघा जग्गाको अंशबन्डा विवाद सुल्झिन सकेको थिएन ।
प्रहरीका अनुसार झगडामा घाइते भएको अवस्थामा धनप्रसादलाई उपचारका लागि आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्याको अभियोगमा मात्रिकासहित पारसमणि र सूर्यलाई प्रहरीले सोमबारै पक्राउ गरेको छ

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!