एक भुटानीद्वारा आफ्नै काकी सहीत ३ जनालाई खुकुरी प्रहार

Admin | 05:41 |


पथरी ।
आफ्नी काकीसहित तीन जनालाई खुकुरी प्रहार गर्ने एक शरणार्थी युवालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेपछि पक्राउ पर्ने शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर सेक्टर के३ छाप्रो नम्वर २ का २६ बर्षीय टेकबहादुर राई हुन् ।
अभियुक्त राईले सोमबार राती १० बजे मादक पदार्थ सेवन गरी सोही सेक्टर छाप्रो नम्बर ६ बस्ने आफ्नी काकी मेनुका राई, सेक्टर डि१ छाप्रो नम्बर ५४ का याम बहादुर ओली र सेक्टर जी१ छाप्रो नम्बर २८ संगीता राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । घाइते तीनै जनाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको शिविर सचिव चम्पसिंह राईले पूर्वेली टाइम्सलाई बताए । सचिव राईका अनुसार घाइतेमध्ये ओलीको अवस्था गम्भीर र अन्य दुईको सामान्य रहेको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
#purbelitimes

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!