आर्यन सिग्देलसँग डेटिङ जाना चाहने जान्भी सिम्पल केटाको खोजिमा

Admin | 05:37 |


काठमाडौं,साउन २४ । ‘सिम्पल, चाहना बुझ्ने, मायालु अनि परिवारलाई इज्जत गर्ने केटा ।’ मोडल जानभी पौडेल जब ब्वाइफ्रेन्डबारे कल्पिन्छिन्, यिनै गुणहरूको खोजी गर्छिन् । यी गुण नभेटेर होला, उनी अहिलेसम्म प्रेममा भने परेकी रहिनछिन् । प्रेमको अनुभूति नभए पनि यसबारे आºनै धारणा छ उनको । भन्छिन्– ‘जीवन चलाउने एउटा
नियम हो, प्रेम ।’
नेपालगन्ज कोहलपुरकी पौडेल यतिखेर चलचित्र क्षेत्रमा भविष्य खोजिरहेकी छन् । उनले कथा सागर, जीवनका पानाहरूलगायत सानो पर्दाको सिरियलमा अभियनको अनुवभ लिइसकेकी छिन् । त्यसअघि चेतनामूलक सडक नाटकहरूमा राम्रैसँग भिजेकी उनी म्युजिक भिडियोप्रति लोभिएकी छन् । कारण खुलाउँछिन्– ‘म्युजिक भिडियोमा अभिनय गर्न सजिलो छ अनि छिट्टै प्रसारण हुने भएकाले चर्चा पनि चाँडै हुन्छ ।’ चलचित्र कलाकारितामा आवश्यक पर्ने नृत्य, अभिनयलगायत विधाको प्रशिक्षणसमेत लिएकी जानभी यतिखेर झनै हौसिएकी छन् । आगामी २५ गतेदेखि छायांकनको तयारीमा रहेको चलचित्र रोमान्सले उनलाई नायिकाका रूपमा छनोट गरेको छ । नयाँ नायिकालाई नंग्याउने उद्देश्यले मात्र चलचित्रमा राख्ने परिपाटीप्रति आफू सजग रहेको उनले सुनाइन् । भनिन्– ‘कथाले माग्यो भन्दैमा जस्ता पायो त्यस्ता दृश्य दिने छैन, समाजले पचाउने र परिवारको शिर नझुक्नेसम्मको ग्ल्यामर पस्कने हो ।’ अरूलाई आफूतिर आकर्षित गर्ने खुबीलाई ग्ल्यामर भन्छिन् उनी पनि, आम मोडलले जस्तै । चलचित्रलाई समाजको ऐना मान्छिन्– ‘यसबाट समाजलाई जागृत गराउन सकिन्छ ।’
पाँच फिट दुई इन्च उचाइकी यी सुन्दरी वानपिस पहिरनमा देखिन रुचाउँदी रहिछन् । यस्तो पहिरनमा ‘सेक्सी’ देखिन्छु भन्छिन् । वानपिस पहिरेर बाटोमा हिँड्दा जिस्क्याउने पनि थुप्रै हुन्छन् रे † तर, जिस्क्याउनेलाई नराम्रो ठान्दिनन् । ‘किन रिसाउनु, त्यो त राम्रो चिजको कदर पो गरेको हो त †’ उनी भन्छिन् । बेबी फ्रक लगाउन सबैभन्दा मन पराउने उनी मेकअपमा चाहिँ उति रुचि नराख्ने सुनाउँछिन् । भन्छिन्– ‘क्रिमपाउडर र लिपिस्टिक
मात्र लगाउँछु ।’
सेक्सबारेको रेडिमेड धारणा छ यी सुन्दरीको– ‘दुई आत्माको मिलन ।’ अहिलेसम्म सेक्स सम्बन्धको अनुभव लिएकी छैन भन्छिन्– ‘किनकि म बिहेपछाडिको सेक्समा विश्वास गर्छु ।’
नायक आर्यन सिग्देलकी ºयान जानभी उनीसँग डेटिङ जान चाहन्छिन् । अनि नायिका रेखा थापालाई पनि उत्तिकै मन पराउँछिन् । ‘किनकि रेखा जहिल्यै मिडियामा आलोचित हुन्छिन्, तर सबै कुरालाई पोजिटिभ लिन्छिन्’ – उनले भनिन् ।
साभार:सौर्य दैनिक

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!