- भारतले आज पारमाणविक पनडुब्बी परीक्षण गर्दै

Admin | 05:33 |


काठमाण्डौ,साउन २४ ।
भारतले आज आफैले निर्माण गरेको पहिलो पारमाणिक आईएनएस अरिहन्त पनडुब्बी परीक्षण गर्ने भएको छ । साथै भारतले सेनालाई युद्धपोत लडाकु विमान र अत्याधुनिक हातहतियारबाट सुसज्जितबाट गर्न अर्बौं र अमेरिकी डलर खर्चिने योजना सार्वजनिक गरेको छ । ६ हजार टनको आईएनएस अरिहन्त नाम पनडुब्बीबारे सन् २००९ मा सार्वजनिक भएको थियो ।

परियोजनामा पारमाणविक क्षमताको जल तथा थलमा प्रयोग गरिने क्षेप्यास्त्र उपयोग गर्न सक्ने पाँचवटा पनडुब्बी तयार गर्ने लक्ष्य राखिएको थियो । भारतका नौसेना प्रमुख एडमिरल निर्मल वर्माले अरिहन्तले बिस्तारै प्रगति गरिरहेको र यो आउँदो महिनामा परीक्षणमा आउने जानकारी दिनुभयो । उहाँले परीक्षणपछि सामुद्रिक तथा पारमाणविक क्षमतालाई कायम गरिने तथा भारतको सुरक्षाको प्रत्याभूति समुद्रबाट पनि प्राप्त हुने उल्लेख गर्नुभयो । अरिहन्तमा ८५ मेगावाटको पारमाणविक ऊर्जा संयन्त्र रहेको छ र यो प्रति घण्टा ४४ किलोमिटरको गतिमा अगाडि बढ्नसक्छ । यस पनडुब्बीमा ९५ जना चालक रहन सक्नेछन् ।
#SindhuliDarpan

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!