छबी ओझाले धोएर थन्काइदिएको रेखाको मिनी स्किर्ट सलाइको बट्टा भित्र हा हा हा !!

Admin | 17:18 |


एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’

छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।

रेखा : कहाँ छ त ?

छवि : ऊ त्यो सलाइको बट्टाभित्र !

आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’

सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’

छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?

टेलर : तर, यत्रो कपडा…

छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।

रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हेर्‍यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनपर्‍यो तर आखिर पर्‍यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या पर्‍यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।

नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।

निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।

के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह ! वाह !! भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह ! वाह !! भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।

यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन््, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’

छविले रेखाको मिनिस्कर्ट धोएर छतमा सुकाएका थिए तर उठाउन जाँदा मिनिस्कर्ट त भँगेराले टिपेर उडिरहेको देखे । हत्तेरी भन्दै उनले ओर्लेर रेखालाई भँगेराले मिनिस्कर्ट चोरेको सुनाए । रेखाले निर्धक्क हुँदै भनिन्, ‘ढुक्क हुनुस्, डयाडी † त्यसले मिनिस्कर्ट फिर्ता ल्याइदिन्छ ।’

नभन्दै भोलिपल्ट त मिनिस्कर्ट छतमा ल्याएर मिल्काइदिएको रहेछ भँगेराले । उठाउन खोज्दा छविले मिनिस्कर्टसँगै एउटा सानो चिठ्ठी देखे । त्यसमा लेखिएको थियो, ‘साह्रै टाइट भयो, त्यसैले फिर्ता ल्याइदिएँ ।

पत्रिकाहरूले साह्रै खेदो गरे भनेर एक दिन रेखाले आयन्दा मिनिस्कर्ट नलाउने निधो गरिन् । उनले यो कुरा श्रीमान्लाई सुनाइन् । ‘डयाडी ! म अबदेखि मिनिस्कर्ट लाउँदिन, पत्रिकाहरूले साह्रै खेदे ।’

छवि गदगद भए उनको कुरा सुनेर । भने, ‘मैले जुन कुरा वर्षौंदेखि भन्न चाहेर पनि भन्न सकेको थिइनँ । आज तिमी आफैँले भन्यौ । यो मेरो सबैभन्दा खुसीको दिन हो ।’ छवि भावुक भएर रुन थाले ।

तर, रेखाले भनिन्, ‘त्यति धेरै खुसी हुनुपर्दैन, डयाडी । मैले मिनिस्कर्ट लाउँदिनँ मात्र भनेकी हुँ, त्यसको ठाउँमा अर्थोक लाउँछु त भनेकी छैन नि †’

छवि फेरि रुन लागे ।

रेखा थापा फिल्मको सुटिङमा थिइन् । भिलेनलाई उनले किक हानेर ढाल्नुपर्ने दृश्य थियो । रेखाले मिनिस्कर्ट लगाएरै किक हान्न चाहिन् । दुवै जना तयार भए । निर्देशकले एक्सन भन्दै खुट्टा उज्याएर भिलेनलाई बजाउन रेखालाई इसारा गरे । रेखाले दायाँ खुट्टा उचालिन् तर मिनिस्कर्ट निकै टाइट भएकाले खुट्टा धेरै माथि उठेन । खुट्टा टेकिन् र फेरि अर्को खुट्टाले प्रयास गरिन् । यसपटक पनि उनको खुट्टा भिलेनको घुँडाभन्दा माथि पुग्न सकेन । उनले अलि बल लगाइन् । ला…, मिनिस्कर्ट नै ध्यार्र गर्‍यो । सुटिङ युनिटका सदस्यहरू मुखामुख गर्न थाले । अर्को मिनिस्कर्टको जोगाड गर्न निर्देशकले सहायकलाई इसारा गरे । तर, रेखाले भने मिनिस्कर्ट बदल्न कुनै चासो देखाइनन् । बरु अलि लजाएजस्तो गरी मुसुक्क हाँस्दै सरी भनिन् । उनी टेक दिन फेरि तयार भइन् र खुट्टा उचालिन् । यसपटक अलि माथि पुर्‍याइन् । तर, मिनिस्कर्टको पछाडि भागमा झन् बेसरी ध्यार्र गर्‍यो । यसपटक भने रेखा पनि लाजले पानी–पानी भइन् । ‘हिजो मासु धेरै खाएकी थिएँ,’ रातो–पिरो अनुहार लगाएर उनले भनिन् । त्यतिबेलासम्म वरिवरि रहेका सबै नाक थुनिरहेका थिए ।

रेखा थापालाई कामको व्यस्तताबाट फुर्सद मिलाएर एक्लै गाउँतिर डुल्न मन लाग्यो । माथि सानो स्लिभलेस टिसर्ट र तल आफ्नो भएसम्मको छोटो मिनिस्कर्ट लगाएर उनी काठमाडौंनजिकैको एउटा गाउँमा पसिन् । आफूलाई कसैले नचिनून् भनेर उनले अनुहारको मेकअप नगरी हिँडेकी थिइन् ।

तर, गाउँ पस्नेबित्तिकै रेखा विपत्तिमा परिन् । गाउँका भूराहरू उनको छोटो लुगालाई औँल्याउँदै कुरीकुरी भन्दै पछि दगुर्न थाले । जति हप्काउँदा पनि नटेरेपछि रेखाले तिनीहरूलाई स–साना ढुंगा टिप्दै हान्न थालिन् । यत्तिकैमा केही गाउँलेले देखे । एउटी अर्धनग्न आइमाईले केटाकेटीहरूलाई ढुंगाले हान्दै गरेको देखेर उनीहरूले बहुलाही भन्ठाने । कसैले प्रहरीमा मोबाइलबाट फोन गरेर बढाईचढाई गर्दै भन्यो एउटी बहुलाही गाउँमा नांगै घुमिरहेकी छ ।

केहीबेरमा पुलिस आयो र ‘नांगी बहुलाही’ लाई एउटा ठूलो कम्बलले घर्लप्प छोपेर गाडीमा हालेर लग्यो । रेखा केही भन्न खोज्दै थिइन् तर मौका पाइनन् । पुलिसचौकीमा लगेपछि भने उनले ठूलै आक्रोश झिकिन् । तिमीहरूले मलाई यहाँ ल्याउने हिम्मत कसरी गर्‍यौ ? म को हुँ, थाहा छ ? म हिरोइन रेखा थापा हुँ, रेखा थापा ।

उनको कुराले प्रहरीहरू पेट मिचिमिची हाँस्न थाले । प्रहरी निरीक्षकले उनलाई पहिले मानसिक अस्पताल लैजान आदेश दिए । मानसिक अस्पतालमा जाँच्ने डाक्टरलाई पनि उनले पटकपटक आफू हिरोइन रेखा थापा भएको बताइन् तर डाक्टरले के पत्याउँथे, बहुलाही नै भन्ठाने । डाक्टरले निधो गरिदिए, उहाँले रेखा थापाको फिल्ममा कुनै डरलाग्दो दृश्य हेरेर उहाँलाई मानसिक दौरा परेको देखिन्छ । सामान्य उपचारले हुँदैन । इलेक्ट्रिक सक नै दिनुपर्छ ।

अन्तत: उनलाई बाँधेर इलेक्ट्रिक सक दिइयो । सकले गर्दा रेखाको मगज साँच्चिकै असन्तुलित भयो । पछि उनी मानसिक अस्पतालबाट भागेर त निस्किन् । तर, उनको मानसिक अवस्था अहिले पनि ठेगानमा आउन नसकेको बताइन्छ ।

(स्मरणीय रहोस्, यही बिमारीले चापेका बेला रेखाले रामनामीलाई लगौँटी बनाएर नाचेकी थिइन् । छविले रेखासित छुट्टिने निर्णय लिनुमा पनि यही बिमारीको कारण रहेको बताइन्छ ।)

(सौर्य दैनिकबाट)

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!