उमा : दुई साता पछि अफिसियल इण्डक्ल्याप

Admin | 17:31 |


छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म 'उमा' को सुटिङ सकिएको छ । काठमाण्डौ र काभ्रेको खापोसी गाउँमा २८ दिन सुटिङ गरि आईतवार फिल्मको सुटिङ सकिएको हो । तर फिल्मको अफिसियल इण्डक्ल्याप भने दुई साता पश्चात गरिने निर्देशक शेर्पाले फिल्मीखबरलाई जानकारी गराए ।

 'अझै केहि मोन्टाज सट खिच्न बाँकी नै छ त्यो दुई साता पछि खिचिन्छ र अफिसियल इण्डक्ल्यापको घोषणा गरिनेछ', निर्देशक शेर्पाले भने, 'म दुई साताका लागि भारत जानु पर्ने भएकाले  ब्रेक गरिएको हो ।' सुटिङ दौरानमा कलाकारहरूले धेरै राम्रो काम गरेको निर्देशक शेर्पा बताउँछन् । उनी भन्छन्, 'कलाकारहरूले कल्पना गरेभन्दा राम्रो काम गर्नु भएको छ ।' यस्तै प्राबिधिकहरूबाट पनि राम्रो सहयोग मिलेकाले २८ दिनमा नै सुटिङ सकिएको उनले बताए ।
 शिर्ष भुमिकामा देखिएकी नायिका ऋचा शर्माले पनि छिरिङबाट धेरै कुरा सिकेको बताईन् । उनले भनिन्, 'यति धेरै काम त मैले अहिलेसम्म सिक्ने मौका पाएकी थिईन ।' दश बर्षे जनयुद्धको एक अंश अर्न्तगतको एउटा प्रहरी दाजु र माओवादी बहिनी बिचको द्धन्दात्मक कथामा आधारित रहेर निर्माण गरिएको यो फिल्ममा ऋचाले फिल्ममा माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् । यस्तै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा छन् ।

मिला प्रोडक्सनको ब्यानरमा निर्देशक स्वयंले निर्माण गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । उनी यो फिल्मको सुटिङ सकेर सोमबार देखि सुटिङ शुरू भएको झोलेमा व्यस्त भईसकेका छन् । यस्तै फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको संगीत रहेको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!