प्रदर्शन अगाडिनै तीस लाखमा बिक्यो 'छड्के'

Admin | 17:57 |


मंसिर १९ गते, मंलबार, मेरो सिनेमा
प्रिन्सेस मूभी र रस ताण्डव कम्पनीको ज्वइन्ट भेन्चर ‘छड्के’ लाई प्रदर्शन अगावै नेप्लीज पार्टी इन अस्ट्रेलिया कम्पनीले तीस लाख रुपैयाँमा किनेको निर्माण पक्षले जानकारी गराएको छ । अस्ट्रेलिया वेस इभेन्ट अर्गनाइजर कम्पनीका सेरप घलेसँग गत तीन हप्ता अगाडी रस ताण्डव कम्पनीले एक वर्षको रिलिज सम्झौता गरेको निर्देशक निगम श्रेष्ठले मेरो सिनेमालाई जानकारी गराए । नेप्लीज पार्टी इन अस्ट्रेलिया कम्पनीले सिनेमाको ट्रेलर हेरेर तीस लाख रुपैयाँ खर्चन तयार भएको बताइएको छ । उक्त कम्पनीसँग ‘छड्के’ को अस्ट्रेलिया कपी  राईट रिलिज भएको मितिदेखी एक वर्षसम्म रहनेछ ।


माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानी रहेको यस सिनेमामा सौगात मल्ल, नम्रता श्रेष्ठ, अर्पण थापा, दयाह्याङ राई, प्रतिकराज न्यौपाने र सुनिल पोखरेल लिड क्यारेक्टरमा प्रस्तुत भएका छन् । त्यस्तै  रविन तामाङ, विपिन कार्की, खामेश्वर चुरासिया, निकुन श्रेष्ठ र सफल के.सी ‘छड्के’ बाट डेव्यू क्यारेक्टरको रुपमा प्रस्तुत हुदैछन् । ग्याङ्स्टार थ्रिलर श्रेणीको यस सिनेमाको फाइट डिरेक्सन भने योगेन्द्र श्रेष्ठले गरेका हुन् । त्यस्तै नाइट ब्यान्डले संगीत दिएको यो सिनेमालाई सञ्जय लामाले खिचेका छन् । यही डिसेम्बर २१ तारिखका दिन सेकेन्ड प्रोमो सार्वजनिक गर्ने भनिएको सिनेमा ‘छड्के’ को रिलिज डेट भने निर्माण पक्षले खुलाउन चाहेको छैन । सिनेमाको रिलिजसम्म एक करोड लागानी पुग्ने बताइएको ‘छड्के’ लाई प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!