बमलाई छुटाउन बेलायतमा रहेका नेपाली नागरिकहरुबाट सहयोग

Admin | 10:44 |

मृत्युदण्डको सजाय पाएर दुबईको कारागारमा जीवन विताइरहेका दार्चुलाका अमरबहादुर बमलाई छुटाउन बेलायतमा रहेका नेपाली नागरिकहरुले सहयोग गरेका छन्। हिमालय टेलिभिजनको कार्यालयमा आई वेलायतमा रहेका तुलक रेग्मीकी श्रीमती रमा रेग्मीले वमका बुबा कर्णबहादुर वमलाई अठहत्तर हजार रुपैया सहयोग गर्नु भएको हो। वेलायतमा रहेका तेइस जना नेपालीहरुले संयुक्त रुपमा संकलन गरि पठाएको रकम हिमालय टेलिभिजनका अध्यक्ष ललितकुमार अग्रवाल मार्फत वमलाई उपलब्ध गराइएको हो। रकम ग्रहणपछि कर्णबहादुर वमले विदेशमा रहेर सहयोग गर्ने सबै नेपाली नागरिकहरुलाई धन्यवाद दिनुभयो। हिमालय टेलिभिजनले कारागारमा रहेका अमरबहादुर वमलाई छुटाउन अभियान नै थालेको छ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!