बाराक ओबामालाई डेविड बेक्हमको उपहार ५० जोडी अण्डरवेयर
विश्वकै शक्तिशाली राष्ट्रको शक्तिशाली राष्ट्रपति बाराक ओबामालाई इङल्याण्डका चर्चित फुटबल खेलाडी डेबिड बेहकमले ५० जोडी अण्डरवेयर उपहार पठाएका छन् । बेलायतबाट प्रकाशित द सनको रिपोर्ट अनुसार बेहकमले बाराक ओबामा र उनकी पत्नि मिशेल ओबामा आफ्नो बक्सर अण्डरवेयर रेन्जको फेन भएको थाहा पाएपछि उनले राष्ट्रपति ओबामालाई ५० जोडी अण्डरवेयर उपहार पठाएका हुन । ती अण्डरवेयरमा उनले मोडल मात्र गरेका छैनन् डिजाइनर पनि उनी आफै हुन । ओबामा दम्पत्तिसँग बेहकमले यहि साल वासिङटन डिसीमा भेट गरेका थिए । त्यहि भेटमा उनले ओबामा दम्पत्ति रेन्ज अण्डरवयेरको फेन भएको थाहा पाएका थिए । सोही भेटमा बेहकमले अण्डरवेयर पठाउने बाचा गरेका थिए । ” ओबामाको दुई छोरी सासा र मिला पनि बेहकमको फेन हुन । उनीहरुले वासिङटनमा बेहकमसँग भेट गरेका थिए । आफ्नो कोठाका भित्ताहरुमा बेहकमको पोष्टरहरु टाँस्नका लागि बेहकमको फोटोग्राफी लिएका थिए । |