पुरुषको महिलासँगको मित्रता केवल सेक्सका लागि

Admin | 10:46 |


यो सुन्दा सायद पत्यार नलाग्न सक्छ । पुरुष मित्रहरुलाई चित्त नबुझ्न सक्छ । तर अध्ययनले के देखाएको छ भने पुरुषहरुले महिलासँग मित्रताको गुदी कुरोे भनेकै यौनिक आकर्षण हो । अध्ययन अनुसार चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासँगको उसको मित्रताको मुख्य ध्येय भनेकी यौनिक चाहना पूर्तिमा लक्षित हुन्छ ।

तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन । उनीहरु पुरुषसँगको सम्बन्धको विषयमा बढि आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढि अपेक्षा पनि गरेका हुँदैनन् ।

शोधकर्ताहरुका अनुसार कामको प्रभाव, रुचीको प्रभाव तथा अध्ययन संस्थाहरुका कारण महिला पुरुषको सम्बन्धमा नसोँचेको तहसम्म पुग्छ । तर यो स्थितिमा पुरुषको वंशाणुगत यौन चरित्र सम्बन्धको बिचमा आइदिन्छ ।

अध्ययनको क्रममा ८८ जोडी महिला तथा पुुरुषलाई उनीहरुको विपरित लिंगीप्रतिको यौनाकर्षणका बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा अधिकांस पुरुषहरुले आफ्ना महिला पार्टनरसँग बढि आकषिर्त हुने गरेको र डेटिङमा गएर मस्ती गर्ने चाहना बढि हुने गरेको बताए । पुरुषहरुले आफ्ना महिला मित्रहरु आफुले सोँचेभन्दा बढि रोमान्टिक हुने गरेको पनि दाबी गरे तर महिला पार्टनरहरु भने यो कुरामा अनभिज्ञ थिए ।

महिलाहरुको हकमा उनीहरु आफ्ना पुरुष मित्रहरु प्रति आकषिर्त त हुने गर्छन् र जबसम्म सम्बन्ध नै टुट्ने स्थितिमा पुग्दैन तबसम्म सेक्सको विषयमा सोँच्न सम्म भ्याएका हुँदैनन् । साथै महिलाहरु विवाहित पुरुष भन्दा अविवाहितसँग बढि आकषिर्त हुने गरेका छन् । अर्को रोचक कुरा के भने विवाहित महिलाहरु पुरुष र महिला मित्रसँग उत्तिकै मात्रामा आकषिर्त हुँदा रहेछन् । उमेर बढ्दै जाँदा विपरित लिंगीप्रतिको आकर्षण पनि घट्दो रहेछ ।

विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले के निष्कर्ष निकालेको छ भने एउटा वफादार पुरुष साथी महिलाको निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिको रुपमा देखा पर्नसक्छ । त्यसकारण महिलाहरु पुरुष साथीको उक्त व्यवहारप्रति सचेत बन्नुपर्छ

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!