शारीरिक तन्दुरूस्तीका लागि सेक्स र साइज अनिवार्य छ ,सभ्यता पराजुली

Admin | 10:46 |


 रुची, पेशा र जीवनको अन्तिम लक्ष्यको रुपमा सभ्यता पराजुलीले कला क्षेत्रलाई रोजेकी छिन् । फिल्ममा जम्न नृत्य, अभिनय सिकेर पाइला बढाए पनि उनले खासै उपलब्धि हात परिनन् । यद्यपि, अढाई दशकको उमेरसम्म आइपुग्दा सभ्यताले हरेस भने खाएकी छैनन् । भन्छिन् – निरन्तर साधना गर्दै जाँदा सफलता हात लाग्ने नै छ ।
झापाको गरामनीमा जन्मिए पनि मामाघर इटहरीमा जीन्दगीका सुन्दर वर्षहरू व्यतीत गरेकी उनी इटहरीकै क्लबबाट नृत्य तथा अन्य सांगीतिक कार्यक्रममा जम्दै आएकी छन् । यसै क्रममा काठमाण्डौंमा पढाइको अलवा अभिनयलाई एक साथ अघि बढाइरहेकी सभ्यता कला क्षेत्रमा अजमाउन थालेकी छिन् । उनले स्नातकसम्मको अध्ययन सिध्याएकी छिन् । यस्तै, राजधानीस्थित डायमण्ड डान्स सेन्टरमा नृत्य, राजधानी कलाकेन्द्रमा एक्टिङको प्रशिक्षण लिई सकेकी छिन् । ‘हाम्रो गन्तव्य’, ‘डर’ र ‘फैसला’ चलचित्रमा नायिका/सहनायिकाको भूमिका निर्वाह गरेकी उनले भोजपुरी र नेपाली गरी ३५ वटा गीतको म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । अभिनय सँगसँगै सभ्यताले स्वरलाई पनि तिखार्न थालेकी छिन् । अभिनयका साथै गायनमा जम्ने पनि उनको सुर छ । ‘केही गीतहरूको रेकर्डिङ गरिरहेकी छु’, फरासिली स्वभावकी सभ्यताले भनिन्, ‘यो पनि मेरो रुचिकै विषय हो ।’

‘किन आउछ तिम्रो याद तिमीले मलाई नसम्झे नि,
कति माया दिन्थेँ होला, पराइ तिमी नबन्दे नि’

आफ्नो नयाँ गीतको हरफहरू सुनाउँदै उनले भनिन्, ‘तर, गायन कला चाँही मेरो सौख मात्र हो ।’ व्यवसायिक रुपमा मोडलिङ र कलाकारिता रहने उनले स्पष्ट पारिन् । मलेशियाको पत्रिकामा पहिलो पल्ट फोटो सेसन गरेकी सभ्यता विगतमा केही समय मलेशियामै रहेकी थिइन् । कलाकारिताको नकारात्मक पक्ष भनेकै नकारात्मक सामाजिक दृष्टिकोण हो भन्ने मान्यता बोकेकी सभ्यता आफ्नो विवेक नै सबैभन्दा ठूलो कुरा भएको बताउँछिन् ।
चलचित्रमा स्क्रिप्ट अनुसारको भूमिकामा प्रस्तुत हुन उनी तम्तयार छिन् । तर, सीमा नाघेर अंग प्रदर्शन नगर्ने उनी बताउँछिन् । दृश्यलाई कलात्मक शैलीले प्रस्तुत गर्ने हो भने ‘बेड सिन’ र ‘टङ किस’को सिनमा उनलाई आपत्ति छैन । हालसम्म ‘अनम्यारिड’ नै रहेको बताउने सभ्यताले आफ्नो ‘ब्वाइ फ्रेण्ड’ भएको कुरालाई लुकाउन चाहिनन् । उनले भनिन्, ‘सम्भवतः आगामी मंसिर सम्ममा उसै(ब्वाइ फ्रेण्ड)सँग घरजम गर्छु होला ।’ ब्वाइ फ्रेण्ड भएपनि ‘सेक्सुअल रिलेशन’को बारेमा उनी खुल्न चाहँदिनन् । तर, जीवनका लागि ‘सेक्स’ नै महत्वपूर्ण भएको उनको ठम्याइ छ । उनी भन्छिन्, ‘शारीरिक रुपमा तन्दुरुस्त हुन पनि सेक्सरसाइज अनिवार्य छ ।’ तपाईलाई यसको महत्व र इच्छा कति छ ? भेटमा सभ्यता पराजुलीले भनिन् -’म पनि मान्छे हुँ, अरुलाई जे फिल हुन्छ मलाई पनि त्यस्तै हुने हो ।’
प्रस्तुति – मिलन के. राउत

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!