- २ टाउको, २ मुख, ४ आँखा, ४ कान भएको बच्चाको जन्म
समाचार अनुसार उक्त नर्सिङ होममा आइतबार साँझ स्थानीय सुमित्रा देवी नामक महिलालाई प्रसवब्यथाको कारण भर्ना गरिएको थियो । उक्त महिलाको सामान्य प्रसव सम्भव नभएपछि स्थानीय समय अनुसार रातको ११ बजेपछि अप्रेशन गरेर बच्चीलाई निकालिएको हो ।
२ टाउको भएकी उक्त बच्चीको २ मुख, ४ आँखा, ४ कान रहेका छन् भने २ टाउकोलाई जोड्ने एक शरीर छ । चिकित्सकका अनुसार फन्जनाइटल एनामिली नामक विकृतिका कारण २ टाउकोवाला बच्चीको जन्म भएको हो । चिकित्सकहरुले लाखौंमा कुनै एक बच्चामा यस्तो विकृति देखापर्ने बताएका छन् ।
२ टाउकोवाला बच्चाको जन्म भएपछि उक्त बच्चालाई हेर्न अस्पतालमा मान्छेको भीड लागेको बताइएको छ ।