प्रधानमन्त्रीले भने ट्वीटरमा ‘आजैदेखि नै लोडसेडिङ दुई घण्टा कम’

Admin | 22:42 |


काठमाडौं ९ माघ आइतबार मात्र सामाजिक सञ्जाल टि्वटर प्रयोग गर्न थालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार बिहान लेख्नुभयो-भारतबाट ७० मेगावाट बिजुली ल्याउने कोशिस भैरहेको छ ।’ टि्वटरमा यो लेखेको २४ घण्टा बित्न नपाउँदै उहाँले मंगलबार बिहान लेख्नुभयो-’आजैदेखि लोडसेडिङ दुईघण्टा कम गर्ने व्यवस्था मिलाइएको छ । यो हिउँदमा १०/१२ घण्टा भन्दा बढी लोडसेडिङ हुँदैन ।’
प्रधानमन्त्रीले टि्वटरमा लेखेको कुरालाई कतिले कागजमा मात्रै त होला नि भनेर आशंका गरेका छन् । धेरैले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार लोडसेडिङ घटाउने गरी प्रधानमन्त्रीले आवश्यक व्यवस्था मिलाउनुभएको छ । जसअनुसार भारतले दिने ७० मेगावाटमध्ये आजैदेखि १५ मेगावाट बिजुली आउने छ । भारतबाट थप बिजुली ल्याउन मंगलबार नै टोली भारत जाने र मंगलबारसम्म केही बिजुली आयात भैसक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शनिबारदेखि दैनिक १४ घण्टाको दरले लोडसेडिङ हुँदै आएको छ । यसअघि सरकारले यो हिउँदमा लोडसेडिङ १२ घण्टामा सीमित गर्ने बताएको थियो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!