फेसबुक मा च्याट गेरको साथि पत्नी हु भन्दै घरमा आई पुगे कि महिला लाई पत्नी स्वीकार गर्यो
काठमाडौं ९ माघ फेसबुकबाट ‘लभ’ परेको भन्दै काठमाडौंबाट धनकुटाको दुर्गम गाउँ मौनाबुधुकस्थित केटाको घरमा पुगेकी किशोरीलाई स्थानीय हेमकर्ण कोइरालाले श्रीमतीका रुपमा स्वीकार गरेका छन् ।
केटीले आफ्नो घर काठमाडौंको चाबहिल बताएको कोइरालानिकट स्रोत बताउँछ । सविना काठमाडौंबाट आफैं केटाको घर पुगेको खबर पाएपछि हेमकर्ण तीनदिन अघिमात्रै कतारबाट घर आएका हुन् । शुरुमा उनले केटीलाई नचिनेको बताएका थिए । पिताको निधन भएपछि रोजगारीका लागि कतार पुगेका हेमकर्ण अविवाहित थिए । उनी एक्ला छोरा हुन् ।
केटीले आफ्नो ठेगाना गौरीघाटबाट खरीबोट जाने बाटोमा घर नम्बर २२२९ भएको बताएकी छन् । दोलखा पुख्र्यौली घर भएकी सविना पुस्कर अधिकारी र सीता अधिकारीकी छोरी हुन् ।
Category: समाचार