राप्तिखोलाको किनारमा युवाको सब भेटीयो
हेटौडा, माघ ९ – हेटौडाको चौकीटोल झोलुङेपुल नजिकै राप्तीखोलाको किनारमा मंगलबार बिहान एक युवकको शव फेला परेको छ ।
हेटौडा ४ कमलडाँडाका २१ वर्षिय प्रमोद तिमल्सिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थल नजिक मोटरसाइकल भेटिएकोले दुर्घटनामा ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सडकबाट एक सय ५० मिटर तल राप्ती खोलामा खसेको अबस्थामा शव फेला परेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Category: समाचार