शान्ति सम्झौता च्यातेर देखाउ : केसी

Admin | 23:51 |


धनकुटा, माघ ९ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एकीकृत नेकपा माओवादीलाई हिम्मत भए शान्ति सम्झौता च्यातेर देखाउन चुनौती दिनुभएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता च्यात्ने अभिब्यक्ति दिएको प्रति संकेत गर्दै केसीले विपक्षीहरुले विरोध गर्दा सम्झौता च्यात्छु भनेर घुर्की लगाउनेहरु लोकतन्त्र र मानवअधिकारको विरोधी भएको आरोप समेत लगाउनुभयो ।
‘कसैले सम्झौता च्यात्छु भनेर धम्क्याउदैमा कोही पनि डराउदैन’ मंगलबार धनकुटामा प्रेस युनियनले गरेको कार्यक्रममा केसीले भन्नुभयो ‘संवाद सहमति गर्ने बेलामा सत्तामा बसेर आन्दोलनको धम्की दिनेहरुको पगलपनले हद नाघिसक्यो ।’ अहिलेको सरकार इतिहासकै भ्रष्ट र बदनाम भएको आरोप लगाउदै उहाँले अभियुक्तले अपराध स्वीकार गर्दा समेत कारबाही रोक्ने प्रयास गरेर सरकारले दण्डहीनतालाई प्रश्रय दिएको बताउनुभयो ।
सहमतिको विन्दु सहमतिको सरकार र निर्वाचन भएकाले यसमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको दावी गर्दै नेता केसीले विवादित विषयलाई निर्वाचनपछि टुंगो लगाउने गरी संक्रमणकालको अन्त्य गर्नुपर्ने बताउनुभयो । कांग्रेस सत्ताको लोभमा नभएकाले माओवादी बाहेकका शक्तिको नेतृत्वमा सरकार बनाउने भए सहमति गर्न सकिने उनले स्पष्ट पार्नुभयो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!