आन्दोलनबाटै ढाल्छौँ बाबुराम सरकार:कोइराला

Admin | 00:22 |


चितवन ९ माघ नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार आन्दोलनवाटै ढलाउने दावी गर्नु भएको छ । उहाँले सहमतीय सरकार गठनका लागि बाधक प्रधानमन्त्री भट्टराई बाधक बनेकाले सरकारको बर्हिगमन नभएसम्म मुलुकले निकास पाउन नसक्ने वताउनुभयो ।

मंगलवार चितवनमा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा सभापति कोइरालाले प्रधानमन्त्री सहमतिका लागि आफूहरुले आग्रह गरिरहेपनि सत्तालिप्साका कारण प्रधानमन्त्रीले सरकार नछाडेको आरोप लगाउनुभयो । कोइरालाले प्रधानमन्त्री भट्टराईले आफूहरुको आग्रहलाई बेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।
कोइरालाले भन्नुभयो,’ सरकार बर्हिगमन भएर सहमतीय सरकार गठन नभएसम्म मुलुक संकटवाट जोगिन सक्दैन । त्यसैले सरकार हटाउन आन्दोलन गर्नुको अर्को विकल्प विपक्षी सामू छैन ।’ कोइरालाले विपक्षी दलले सरकार र एमाओवादीविरुद्ध घोषणा गरेको २० दिने आन्दोलनका कार्यक्रम पहिलो चरणका मात्रै भएकाले आवश्यक परे शसक्त आन्दोलन घोषणा गरि वताउनुभयो । कोइरालाले सरकार विरुद्ध गरिने आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!