प्रधानमन्त्रीलाई दैलेख प्रवेश गर्न नदिने विपक्षीको भनाई

Admin | 00:38 |


दैलेख, माघ ९ - प्रधानमत्री डा. वावुराम भट्टराईलाई दैलेखमा प्रवेश निषेध गर्ने विपक्षी दलले सोमवार दिउँसो २ वजेदेखि मंगलवार बेलुकीसम्मका लागि दैलेख वन्दको आह्वान गरेका छन् ।
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिलाई कारवाही नगर्न प्रधानमन्त्रीले निर्देशन दिएकाले उहाँलाई दैलेख आउन नदिने विपक्षी दलहरुले बताएका छन् । दैलेखममा पत्रकार सम्मेलन गरी विपक्षी दलहरुले यातायात, उद्योग, कलकारखना र वजार वन्दको आह्वान गरेका छन् ।
एकीकृत नेकपा माओवादीको प्रथम जिल्ला सम्मेलन उदघाटन कार्यक्रममा लागि प्रधानमन्त्रीसहित माओवादी पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेता वुधवार दैलेख आउने एकीकृत नेकपा माओवादील जनाएको छ ।
तर विपक्षी दलले एकीकृत नेकपा माओवादी र पार्टीको जिल्ला सम्मेलनको विरोध नभै प्रधानमन्त्री र सरकारको मात्र विरोध गरेको राजमोका जिल्ला अध्यक्ष मायाराम अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली कांगे्रस जिल्ला सभापती कृष्ण विसीले भट्टराईलाई कुनै पनि हालतमा दैलेख छिर्न नदिने बताउनुभयो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!