फेसबुककी साथी ‘पत्नी हुँ’ भन्दै घरमै आएपछि…

Admin | 22:20 |


काठमाण्डौ ९ माघ फेसबुकमा राम्रो अनुहार परेकी केटी देख्नासाथ साथी बनाउने र च्याट गर्न तम्सिइहाल्ने युवाहरु धेरै छन् । च्याट त हो नी भन्दै सुरु गरेको मित्रता कतिपयले बिहेमै परिणत पनि गरेका छन् ।
राजीखुसीले भए त ठिकै हो, तर तपाईले एकदुईपटक च्याट गरेकी यस्तै फेसबुक साथी तिम्री पत्नी हुँ भन्दै घरमै पुगे के गर्ने ?
यस्तै परिबन्दमा परेका छन धनकुटाका हेमकर्ण कोइराला । चार बर्षअघि रोजगारीका शिलशिलामा कतार पुगेका मौनाबुधुक-८ धनकुटाका हेमकर्ण अहिले सामाजिक फन्दामा परेका छन् । चार महिनाअघि फेसबुकमा भेटिएकी २२ बषिर्या सविता अधिकारी आफू कोइरालाको पत्नी भएको दावी गर्दै उनको घर आएर बसेपछि हेमकर्ण अनौठो संकटमा परेको मंगलबारको नागरिक दैनिकले छापेको छ ।
काठमाण्डौमा टेम्पो चालक रहेकी अधिकारीले कोइरालासँग फेसबुकबाटै लभ परेको र आफुलाई पत्नी बनाउने आश्वासन दिएको दावी गरेकी छिन् । पछिल्लो समय कोइराला बेपत्ता भएकाले सोधखोज गर्दै उनको घरमै आइपुगेको अधिकारीको भनाई छ । महिलाहरुको भावनामा खेलवाड गरेको भन्दै उनले श्रीमती नबनाएसम्म घर नफर्किने अडान लिइरहेकी छिन् । कोइरालाले बाचाअनुसार सिन्दुर नहालेसम्म आफ्नो ठेगानासमेत नबताउने अड्डी लिएकी छिन् ।
सविताले धनकुटा प्रहरी र मानवअधिकारकर्मीलाई सुनाइरहँदा तीन दिन अघिमात्र घर आइपुगेका हेमकर्ण सवितासँग लभ नपरेको र बिहे गर्छु भनेर आश्वासन पनि नदिएको दावी गर्दै थिए । आफु कतारमा रहँदै सविता नामकी केटी घर आएर बसेको थाहा पाएपछि हतार हतार फर्किएको बताए । हेमकर्णले भने- मैले बिहे गर्ने कुरा त परै जाओस्, चिनेको समेत छैन । अनि कसरी श्रीमती बनाउनू ?’
फेसबुकमा सविताले नै रिक्वेष्ट पठाएको र सामान्य परिचयमात्र भएको हेमकर्ण बताउँछन् । आफु र आफ्नो परिवारलाई बदनाम गर्न मात्र सबिताले यस्तो हर्कत गरेको कोइरालाले बताए ।
हेमकर्णले श्रीमतीका रुपमा स्वीकार नगरेपछि उनले सदरमुकाम आएर प्रहरी र मानवअधिकारकर्मी गुहारेकी छिन् । महिला मानवअधिकार संजालले सोमबार कोइरालाको परिवारलाई बोलाएर छलफलसमेत गर्‍यो । हेमकर्णका दाजु टीकाले महिलाले सबिताको पक्ष लिएर झुक्काउन खोजेको गुनासो गरे । अहिले सबिता मानवअधिकार संजालको संरक्षणमा छिन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!