सिंहदरबारको पर्खालमा पनि डोजर लाग्दै

Admin | 22:06 |


९ माघ, काठमाण्डौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार मुलगेट, सर्वोच्च अदालसमेतले गरेको सडक अतिक्रमण भत्काइने भएको छ । माइतिघर मण्डलाबाट सर्वोच्च अदालtm सिंहदरबार मूलगेट हुँदै पद्मोदय मोडसम्म करिब ५ सय मिटर सडक अतिक्रमण भत्काउने तयारी अन्तिम चरणमा पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।
‘सडक विस्तारमा सरोकारवाला निकायबीच सहमित भइसकेकाले केही दिनमा अतिक्रमित सडकमा बनेका पूर्वाधार भत्काउने चिन्ह लगाउने र भत्काउन थाल्ने छौं’, महानगरीय ट्राफिक प्रहरी प्रमुख नायब महानिरक्षिक उपेन्द्रकान्त अर्यालले भने, ‘अतिक्रमण भत्काएर निर्माण तत्कालै सुरु हुन्छ ।’ यो सडक खण्डमा मिचेर बनेका पूर्वाधार सरकारी कार्यालयले नै बनाएका हुन् । सरकारी नै भएकाले मुआव्जा दिनु नपर्ने भएकाले भत्काउन लागेको ट्राफिकको भनाई रहेको हिमालय टाइम्समा खबर छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!