धनुषाकार ओठ हुनेलाई अधिक सन्तुष्टि
शरीरका अंग अनि हातका रेखाहरूका आधारमा ज्योतिषीय भविष्यवाणी हुने परम्परा त हामीलाई थाहै छ । तर, त्यसको वैज्ञानिक अनुसन्धान भएको भने थाहा नहुन पनि सक्छ । एउटा सर्वेक्षणले ओठ र यौनको सम्बन्धबारे वैज्ञानिक तथ्य सार्वजनिक गरेको छ । युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्डका अनुसन्धानकर्ताले ओठ र यौनबीचको सम्बन्धमा नौलो किसिमको अनुसन्धान गरेका हुन् । वैज्ञानिकहरूले महिलाको ओठका आधारमा उनीहरूको यौनसन्तुष्टि मापन गर्न सकिने बताएका छन् । १८ देखि ३५ वर्षसम्मका दुई सय ५९ महिलामा गरिएको अनुसन्धानबाट उनीहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।
अनुसन्धानले धनुष आकारमा उठेको ओठ हुने महिलाले अन्यका तुलनामा १२ गुणा बढी यौनसन्तुष्टि पाउने देखाएको छ । अनुसन्धानकर्ताले महिलाको ओठको निरीक्षण गर्दै उनीहरूको यौनआचरणका सम्बन्धमा विभिन्न प्रश्न सोधेका थिए । ९५ प्रतिशत महिलाले हस्तमैथुनबाट पनि आफूले चरम आनन्द लिने गरेको बताए । त्यस्तै धनुष आकारको ओठ नहुने महिलाले भने यौनसम्बन्धमा सोचेअनुरूपको आनन्द नपाउने बताए । ओठको बनावटअनुसार यौनआचरणको मापन गरे पनि त्यसको कारणबारे भने वैज्ञानिकहरूले स्पष्ट पारेका छैनन् । (एजेन्सी)