बदामको नाममा बदनाम रत्नपार्कमा यौनव्यवसाय खुलेआम

Admin | 10:14 |

रत्नपार्क राजधानी काठमाडौंको त्यस्तो ठाउँ हो जहाँ हजारौ व्यक्तिको आवातजावत हुन्छ खुल्ला ठाउँ अनि राजधानीकै केन्द्रविन्दु भएको कारण सबै मानिसको जम्काभेट अनि व्यापारिक थलो बनेको छ । ठूला व्यापारिदेखि लिएर फुटपाथ व्यापारमा कुनै शुन्यता छैन । आफ्नो व्यापार बढाउन अनेक बुद्धि खियाएर बढीभन्दा बढी नाफा कमाउन खप्पिस छन् त्यहाँका ब्यापारी । सडकपेटीमा मात्र होइन आकाशे पुलमा समेत फुटपाथ व्यापारका कारण खुल्ला ठाउँमा आवातजावत गर्न झन् अप्ठ्यारो भईरहेको छ । त्यहाँ अनेक प्रकारका व्यापार हुने गर्दछन् । मात्र सय रुपैयामा ३ जोर मोजा पनि त्यही पाइन्छ भने एक जोर मोजाको एक हजार रुपैया पनि रत्नपार्क आसपासकै ठाउँमा पर्ने गर्छ ।
साँघुरा सडक अनि अव्यवस्थित बसोबासरका कारण दिक्क बनेका काठमाडौंबासीका लागि मन शान्त पार्ने थलो पनि रत्नपार्क नै हो । उच्च ओहोदामा रहेका व्यक्तिदेखि लिएर सर्वसाधारण व्यक्ति सबैको शितलता महशुस गर्ने थलो पनि त्यही हो । प्रेम गर्ने पारखीका लागि डेटिङ स्पटको उपयुक्त ठाउँ पनि त्यसैलाई लिने गरिन्छ ।
जब पार्कलाई पनि छुट्याइएको ठाउँमध्धे मुख्य भागमा पुगिन्छ त्यहाँ भने एउटा छुट्टै व्यवसाय भेटिन्छ । जसलाई धेरैले बदाम व्यवसाय भनेर नामाकरण गरेका छन् । १५÷१६ वर्षका किशोरीदेखि लिएर विवाह भएका महिलाहरुसम्म यो व्यवसायमा लागी परेका छन् ।
यो पेशामा लाग्ने सबैको हातमा नाङ्लो अनि त्यहाँमाथि बदाम मकै लगायतका परिकार हुन्छन् । नयाँ मानिस देख्दावित्तिकै उनिहरुको छेउमा गई आफ्नो वास्तविक व्यवसाय यौन व्यवसाय हो । तपाईको के छ विचार भन्न पछि पर्दैनन् । जसबाट त्यहाँ पुग्ने सर्वसाधारण हैरान बनेका छन् ।
राजधानीको केन्द्रविन्दु रत्नपार्कको त्यो अवस्थालाई देख्दा साह्रै नरमाइलो लाग्छ । सो पेशाका कारण शितलका महशुस गर्न त्यहाँ पुग्ने प्रत्येक युवक तथा अन्य सर्वसाधारणलाई दिक्क लगाएको छ । बदाम बेच्ने बहानामा त्यहाँ यौन धन्दाको मोलतोल हुने गरेको प्रहरी प्रशासनलाई थाहा नभएको भने होइन तर नियन्त्रण गर्न सकिरहेको छैन ।  विभिन्न व्यापारको बहानाभित्र यौन व्यवसायको मोलतोल हुने गरेको कारण प्रहरी प्रशानलाई पनि नियन्त्रण गर्न गाह्रो भएको हो ।
पढ्ने लेख्ने उमेरमा यसरी यौन व्यवसायमा लाग्नु उनिहरुको रहर पनि होइन । सो व्यवसायमा लागेकाहरु आफ्नो जीविका पार्जनको लागि यस्तो कार्यमा अग्रसर भएको बताउँदै आएका छन् तर जिविकापार्जनका लागि अन्य धेरै उपायहरु पनि त छन् नि काठमाडौं शहरमा उनिहरुले लागि सजिलै पैसा कमाउने माध्यम बनाएका छन् सो पेशालाई ।
समाजबाट अपहेलित भएपछि आफ्नो जीविकापार्जनका लागि केही न केही पेशा त अंगाल्नै पर्यो नि जव कुनै असल नारीलाई समाजले दुव्यवहार गर्छ उसलाई नानाथरीका आरोप र प्रत्यारोप लगाई बेइज्जत गरिन्छ, त्यो अवस्थामा उनिहरुलाई कति दुःख लाग्छ होला ? ओराली लागेको मृगलाई सबैले खेदेजस्तै उनिहरुले पनि अन्तिम विकल्पका रुपमा सो पेशा अंगालेका हुन् । त्यसकारण जवसम्म नेपाली समाजले नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदैन तवसम्म बदाम लगायत अन्य व्यवसायका नाममा रत्नपार्कमा मात्र होइन देशका अन्य क्षेत्रमा यौन व्यवसायले उन्मुक्ति पाउन सक्तैन ।
हाल काठमाडौं ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!