राति १ बजे आफ्नी श्रीमतीसँग अर्कै पुरुष यौन–लिप्त अवस्थामा भेटिएपछि…i

Admin | 15:22 |

साउन १६ — आफ्नी श्रीमती अर्कै पुरुषसँग सेक्स गरिरहेको अवस्थामा फेला परेपछि श्रीमानले घरेलु हतियार प्रयोग गरी ती युवकको हत्या गरेका छन् ।बाराको सिसवा महेशपुर–८ बरवाका लक्ष्मी सहनीले आफ्नी श्रीमतीसँग यौन सम्पर्क राख्ने युवकलाई खुँडा प्रयोग गरी हत्या गरेका हुन् ।
सो घटनामा सँगै रहेका अर्का एक युवक भने घाइते भएका छन् ।
सहनी घरमा नभएको अवस्थामा आफ्नी श्रीमतीसँग शारिरीक सम्बन्ध राखिरहेको अवस्थामा फेला परेपछि सहनीले स्थानीय ३२ वर्षीय विनोद सहनीलाई खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारबाट उनको मृत्यु भएको थियो भने घटनामा सँगै फेला परेका २६ वर्षिय उमाशंकर चोधरी घाइते बनेका थिए ।
हत्या गर्ने सहनीलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिईसकेको छ । सहनीले आफू बाहिरबाट आउँदा राति १ बजे आपत्तिजनक अवस्थामा भेटेको र रिसको झोंकमा खुँडा प्रहार गर्दा उनको मृत्यु भएको बयान दिएका छन् ।
यता, टाउको चोट लागेका चोधरीको भने कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि घटनामा सहभागी सबैलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ 

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!