अब बाथ टबमा बसेर नुहाउँदै फिल्म हेर्न पाइनेभो

Admin | 05:44 |


बेलायतको एक कम्पनीले केही फरक गर्नका लागि नयाँ आइडिया अपनाएको छ । जस अनुसार अब बाथ टबमा बसेर नुहाउँदै फिल्म हेर्न पाइनेछ ।
हट टब सिनेमा नामको उक्त सेवाका लागि कम्पनीले १५ वटा बाथटबको व्यवस्था गरेको छ भने सेवाग्राहीलाई बाथटबमा बसेर ठूलो प्रोजेक्टरमा सिनेमा हेर्ने सुविधा प्रदान गर्नेछ ।
उक्त स्नानगृह तथा फिल्महलमा डबल मज्जा लिँदै पृष्ठभूमिमा लण्डन सहरको दृश्य पनि हेर्न पाइनेछ ।
वास्तवमा बाथटबमा बसेर स्नान र चलचित्रको मज्जा एकैसाथ लिन पाउनु भाग्यकै कुरो हो । यसका लागि टिकट दर २५ देखि २ सय पाउण्ड सम्म तोकिएको छ ।
कम्पनीले यस्तो सेवा यूरोपका अन्य देश र अमेरिकामा समेत विस्तार गर्ने योजना बनाएको छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!