फोरम नेताद्वारा आत्महत्या (सुसाइड नोटसहित)

Admin | 20:11 |


भद्रपुर ।
मधेशी जनाधिकार फोरम मधेशका भातृ सगठनका रुपमा रहेका मधेशी युवा फोरम, मधेशका केन्द्रिय अध्यक्ष कैलाश चौधरीले आत्महत्या गरेका छन् ।
भद्रपुर-८ निवासी ३८ बर्षिय चौधरीले भानुनगरस्थित आफ्नै साइकल पसलमा शनिवार बेलुकी झुण्डिएर आत्महत्या गरेका हुन् । शनिवार दिनभर पसल बन्द रहेपनि बेलुकी साढे ४ बजे पसलको एउटा ढोका खुलेर कोही नभएको मौका छोपी उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्लाष्टिकको डोरिमा झुण्डिएको अवस्थामा जिउँदै फेला पारिएका चौधरीलाई उपचारका लागि स्थानीय ओम साइ अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ९ बजेतिर उनको मृत्यु भएको थियो ।
केही दिनदेखि पार्टीको राजनैतिक दवावका परेर मानसिक तनावमा रहेका चौधरीले आफ्नो इमान्दारिता बचाउनलाई आत्महत्या गरेको आफुले लेखेर छाडेर गएको सुसाइड पत्रमा उल्लेख गरिएको पाइएको छ ।
दोस्रो जनआन्दोलनपछि मधेशी पार्टीका क्रियाशील कार्यकर्ताको रुपमा चिनीएका चौधरी पछिल्लो समयमा मधेशी जनाधिकार फोरम मधेशका भाग्यनाथ गुप्ता समूहमा रहेका थिए ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!