मातेर सुष्मा कार्की सुटिङमा आएपछि…

Admin | 08:05 |

नायिका सुष्मा कार्की पछिल्लो समयमा विभिन्न कारणले विवादमा फसिरहेकी छिन् । कहिले प्रेमीकै कारणले सिनेमा छोड्नु परेको कुरा त कहिले प्रेमीले नदिएपछि सेक्सी पहिरन लगाउन नपाएको पीडा । सिनेमा क्षेत्रमा नायिका भन्दा पनि आइटम गर्लको रुपमा परिचित सुष्मा फेरि अर्को हर्कत अनलाइनखबरले थाहा पाएको छ ।
चलचित्र ‘मेरो जीवन साथी’ को एक गीतको छायांकनका लागि २१ गते समय दिएपनि नायिका कार्कीले धोका दिएकी थिइन् । २२ गते बिहान छायांकनस्थलमा पुगेकी सुष्मालार्इ निर्देशक दिवाकर भट्टराइले केही घन्टा पछि आउनु भन्दै फर्काइदिएका थिए । यसपछि सुष्मा बेलुकी साढे ३ बजेतिर पुनः छायांकन स्थलमा पुगीन् । तर ल्याबमा पुग्दा सुष्माको हालत विग्रिएको श्रोतको दाबी छ । मादकपदार्थ सेवन गरेर ल्याबमा पुगेकी सुष्मालार्इ निर्माणपक्षले गीतमा समावेश गराउने सोचार्इ राखेन । आफ्नो प्रेमीसँग छायांकन स्थलमा पुगेकी सुष्माको चञ्चलता धेरै नै थियो । बालाजु ल्याबमा रहेको भर्याङ चढ्ने बेलामा लरखराएकी सुष्माको टाउको ठोकिएपछि  सुष्माको टाउकोमा चोट लागर रगत बग्न थालेको थियो । टाउकोबाट रगत बग्न थालेपछि निर्माणपक्षले उनलार्इ अस्पताल लैजाने तयारी गर्यो । तर उनका प्रेमीले आफै सुष्मालार्इ लिएर छायांकनस्थलबाट बाहिरिएका थिए । प्रेमीसँग निस्किएपछि सुष्मा फर्केर छायांकनस्थलमा आइनन् ।
चलचित्रमा समावेश सररररर…बोलको गीतका लागि सुष्माले २१ गतेको समय दिएकी थिइन् । तर २१ गते दिनभर मोबाइल बन्द गरेर बसेपछि सुष्मासँग निर्माणपक्ष आगो भएको थियो । यसैले २२ गते २ पटक आएकी कार्कीलार्इ मेकअप मात्र गराएर पठाइदिएको निर्देशक दिवाकर भट्टराइले बताएका छन् । उनले भने, ‘म उसँग खासै बोलिन बेलुकी फेरि आउनुभएको थियो मेकअप गरेर पठाइदिएँ ।’ स्मरणरहोस् चलचित्र कै एक गीतको छायांकनका क्रममा नायिका कार्कीले चुरोट सेवन गरेपछि नायक राजेश हमालले आफू निकट व्यक्तिहरुसँग उनको यस्तो बानीको आलोचना गरेका थिए ।
यस्तै नायिका रेखा थापाले भने आफु गीतमा नृत्य गर्नका लागि नआउने भन्दै निर्माणपक्षलार्इ ठाडै भनेकी थिइन् । उनले पनि २१ गतेको समय दिएकी थिइन् ।
अनलाइनखबर

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!