बलीउडका दिग्गज फिल्म निर्माता यश चोपडाको निधन

Admin | 15:23 |

मुम्बइ, कार्तिक ५, बलीउडका दिग्गज फिल्म निर्माता यश चोपडाको आईतबार साँझ निधन भएको छ । केही दिन अघि स्वास्थमा समस्या देखिएपछि उहाँको मुम्बईको लीलावती अस्पतालमा उपचार भैरहेको थियो । उहाँ डेङ्गु रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँ ८० बर्षका हुनुहुन्थ्यो । सन १९३२ को सेप्टेम्बर २७ तारिखमा लाहोर शहरमा जन्मिएका यश चोपडा हिन्दी फिल्म इन्डष्ट्रिमा असिस्टेन्ट डाइरेक्टरका रूपमा प्रवेश गर्नुभएको थियो । उहाँले केही दिन अघिमात्र आफ्नो ८० बर्षको जन्मदिन मनाउनु भएको थियो । केही दिन अघिमात्र उहाँले एक अन्तर्वार्ताका क्रममा फिल्म निर्देशकका रूपमा ‘जब तक हे जान’ आफ्नो अन्तिम फिल्म भएको बताउनु भएको र यस फिल्म पछि फिल्म निर्देशन नगर्ने बताउनु भएको थियो । यश चोपडाले हिन्दी फिल्म इन्डष्ट्रिजमा त्रिशूल, दाग, सिलसिला, दीवार, लम्हे, चांदनी, दिल तो पागल हे, आईना, डर जस्ता कयौं उत्कृष्ट र हिट फिल्महरू दिएका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!