करीनाल बिहेको छुट्टीमा नोभेम्बरसम्म फिल्मको प्रमोसनमा पनि सहभागि नहुने
यहीँ अक्टोबर महिनामा बिहे गर्न लागेकी बलिउड अभिनेत्री करीना कपूरले बिहेका लागि फिल्मी कामबाट छुट्टी लिएकी छिन् ।
अभिनेता सैफ अली खानसँग अक्टोबर १७ मा करीनाको बिहे हुने चर्चा छ । यसका लागि दुबै जनाले जोडतोडका साथ तयारी गरिरहेका छन् ।

सूत्रहरुका अनुसार करीनाले आफु तलासको प्रमोसनमा हुने कार्यक्रममा आउँदो नोभेम्बर १ सम्म सहभागी हुन नसक्ने कुरा आमिरलाई बताइसकेकी छिन् । उनले त्यसपछि मात्र प्रमोसन तालिका तय गर्न आमिरलाई आग्रह पनि गरेकी छिन् ।
करीनाले बिहेपछि पनि झण्डै दुइ महिना कुनैपनि फिल्म शुटिङ गर्नेछैनिन् । सायद हनिमुनका लागि सैफ सँग कतै जाने योजना भएर होला उनले डिसेम्बर भरी नै फिल्म शुटिङ नगर्ने निर्णय गरेकी छिन् । प्रकाश झा को फिल्म सत्याग्रहको शूटिङ समेत जनवरी १० बाट सुरु गर्ने उनले जानकारी गराइसकेकी छिन् । त्यसपछि २५ जनवरीबाट उनले पूनित मलहोत्राको फिल्म शुटिङ सुरु गर्नेछिन् ।