नवललाई जसले जिताए उसैसंग सम्बन्ध बिग्रियो
गुन बिर्संदा के-के हुँदो रहेछ भन्ने नयाँ असर नव निर्वाचित अध्यक्ष नवल खड्काको हकमा देखिन थालेको छ । अध्यक्ष बन्ने तयारीमा रहदा लय संग्रौलाले नवलको सानो अग्रहमा आफ्नो उम्मेदवारीलाई रद्ध गरी नवललाई अध्यक्षमा उठाएका थिए । बदलामा मनोनित तर्फको एक उपाध्यक्ष पद संग्रौलालाई दिने उनीहरु बीच सहमति भएको थियो । तर निर्वाचन सकिएको पर्सी पल्ट बसेको कार्यसमिति बैठकको निर्णयसंगै नवल र लयको दुरी बढेको छ ।

लयले त्यसो भन्नुको अर्थ हो सहमति अनुरुप नयाँ कार्यसमितिमा आफूले पाउने उपाध्यक्ष पद अर्को ब्यक्तिलाई दिनु । नवलले सानुकुमार ताम्राकारलाई उपाध्यक्षमा मनोनित गरिसकेका छन् । लय सहित रोज राणा, अशोक शर्मा तथा केही फिल्मकर्मीको ग्रयाण्ड डिजाईनमा नवललाई यस पटक अध्यक्षमा जिताईएको हो ।
आफ्नो उम्मेदवारीलाई रद्ध गर्दै उपाध्यक्षमा मनोनित तर्फबाट बस्ने पूरै तयारीमा रहेका लयको नवल खड्काको उम्मेदवारी घोषणा पश्चात हितैषी मोहन निरौलासंग पनि उनको पानी बाराबारको स्थिती सृजना भईसकेको छ । मोहन निरौलाले अध्यक्षमा उठ्ने कसर गर्दा उनी प्रति हस्तक्षेप गर्दै लयले नवलको समर्थन गरेका थिए तर त्यो समर्थन निर्वाचन सकिएको दुई दिन पश्चात तुहिएको छ ।
फिल्मीखबर